बाघमारामा दोस्रो तीज महोत्सव, तीज गीतमा सावित्री समुह पहिलो

पोखरा, २८ भदौ / पोखरा महानगरपालिका वडा न ३३ मा कृयाशिल बाघमारा युवा संगम समूहद्वारा आयोजित

दोस्रो तीज महोत्सव विभिन्न कार्यक्रमका साथ बुधबार सम्पन्न भएको छ । महोत्सवका अवसरमा आयोजित

भलिवल, तीज गीत र नृत्य प्रतियोगिताका विजयी खेलाडी एवम् कलाकारलाई महानगरपालिका वडा नं ३३ का

अध्यक्ष शिवप्रसाद आचार्यले नगद पुरस्कार, प्रमाणपत्र सहित सम्मान गरे ।

प्रतियोगिता अन्तर्गत भलिवल प्रतियोगितामा प्रथम डिवाइसी समूहलाई २० हजार नगद सहित प्रमाणपत्र र

द्वितीय आयोजक समूहलाई १० हजार नगद सहित प्रमाणपत्र प्रदान गरियो ।

तीज गीत तर्फ प्रथम, द्वितीय र तृतीय क्रमशः सावित्री अधिकारीको समूह, समीक्षा भण्डारीको समूह र गीता

भण्डारीको समूहलाई १० हजार, पाँच हजार र एक हजार नगद सहित पुरस्किृत गरियो ।

त्यस्तै नृत्य तर्फ प्रथम र द्वितीय क्रमशः मनिषा लम्सालको समूह र निशा अधिकारीलाई तीन हजार र एक

हजार नगद सहित प्रमाणपत्रबाट पुरस्कृत गरियो ।

कार्यक्रममा वडा अध्यक्ष शिवप्रसाद आचार्यले हरितालिका तीजका अवसरमा सम्पूर्ण महिलालाई शुभकामना

व्यक्त गर्दै वडाका तर्फबाट महिला सशक्तिकरणका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए ।

तीज जस्ता संस्कृतिलाई यसको मौलिकता एवम् परिधिभित्र रहेर मनाउनुपर्नेमा उहाँको जोड थियो ।

बाघमारा युवा संगम समूहका अध्यक्ष प्रमोद आचार्यले हरितालिका तीजका अवसरमा समूहले विभिन्न

कार्यक्रमका साथ महोत्सव गरेको बताउँदै आगामी दिनमा पनि सबैको साथ र सहयोग आवश्यक हुने धारणा

राखे ।

कार्यक्रममा सरस्वती टीका मा.वि. व्यवस्थापन समिति अध्यक्ष ऋषिराज आचार्य, पानीटंकी बरेली चोक टोल

विकास संस्थाका अध्यक्ष वसन्तराज आचार्य, वासुदेव पौडेल, श्रीधर पौडेल, हरिप्रसाद आचार्य लगायतले

हरितालिका तीजको शुभकामना व्यक्त गरे । उक्त अवसरमा जुना क्षेत्री, पुष्पा पाण्डे, बलराम भण्डारी, श्रीधर

आचार्य लगायतले विभिन्न सांगितिक प्रस्तुती मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।

कमेन्टहरु
Loading...