बाग्लुङ्गमा थप ६ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा संक्रमित संङ्ख्या १३ पुग्यो

कोरोना परीक्षण
0

पोखरा, १४ जेठ /बाग्लुङ्गमा थप ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । बाग्लुङ्ग बढीगाड गाउँपालिकाका बर्ष १९ र २० का २ जना पुरुष तथा बाग्लुङ्ग तमनखोला गाउँपालिकाका बर्ष २१, २७, २७ र २१ का ४ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

बाग्लुङ्गमा थप ६ जनामा कोरोना संक्रमण

उनिहरु सबै जना केहि समय पहिला भारतबाट फर्किएर बढीगाड गाउँपालिकाको क्वारेन्टाइनमा बसेको जनाईएको छ । उनिहरुलाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भ​एको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद बिन्दु शर्माले जानकारी दिए । यस अगाडि बाग्लुङ्गका २ जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका थिए ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संङ्ख्या १३ पुगेको छ । मंगलबार मात्रै गण्डकी प्रदेशको स्याङ्जाका २ जनामा कोरोना संक्रमणको पुष्टि भ​एको थियो ।  केहि दिन अगाडि मात्रै गण्डकी प्रदेशको नवलपुरका २ जना र लम्जुङ्गका १ जनामा पनि कोरोना संक्रमण देखिएको थियो ।

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...