हनुमान गल्लीका व्यावसायीद्धारा बगर प्रहरी कार्यालयलाई सिसि क्यामरा सहयोग

पोखरा, २२ असार/हनुमान गल्ली व्यापारिक समिति पोखरा–१ वगरले वडा प्रहरी कार्यालय वगरलाई सिसि क्यामरा सहयोग गरेको छ । समितिले बिहीवार वडा प्रहरी कार्यालय वगर परिसरमा नै पुगी सिसि क्यामरा हस्तान्तरण गरेको हो।

शान्ति सुरक्षा कायम गर्न सहजहोस् भन्ने हेतुले सिसि क्यामरा सहयोग गरेको समितिले जनाएको छ । सिसि क्यामरा जौवारी चेक पोष्टमा राखिने छ । समितिका कार्यावहाक अध्यक्ष विष्णु बास्तोला ‘प्रकाश’ ले वडा प्रहरी कार्यालय वगरका कार्यवहाक प्रमुख प्रहरी नायव निरीक्षक सुदन केसीलाई सिसि क्यामरा हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा– १ वगरकी अध्यक्ष जीवन अधिकारीले सहयोग जनता र प्रहरीबीचको नविनतम उदाहरण भएका बताईन्। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवाका सल्लाहकार पुरुषोत्तम श्रेष्ठले चौकीका हरेक संरचना निर्माणमा समितिले सहयोग गर्दै आएको भन्दै धन्यवाद दिए।

वडा प्रहरी कार्यालय वगरका निमित्त प्रमुख प्रहरी नायव निरीक्षक सुदन केसीले जनताको सहकार्यबाट नै शान्ति सुरक्षा अमन चयन कायम गर्न सकिने बताए। हनुमान गल्ली व्यापारिक समिति पोखरा–१ वगरका कार्यावहाक अध्यक्ष विष्णु बास्तोला ‘प्रकाश’ को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा प्रहरी कार्यालय वगरका प्रहरी नायव निरीक्षक वसन्तराज भूषालले गरेका थिए।

कमेन्टहरु
Loading...