बगरमा नमुना फूल रोपण

पोखरा ५, असोज /माछापुच्छ वातावरण सुधार समिति वगरले शनिवार पोखरा–१ स्थित शंकर टोलको खाली जग्गामा नमुना फूल रोपण कार्यक्रम सम्पन्न गरेको छ । नगर प्रशिक्षण केन्द्रको आडमा रहेको जग्गामा विभिन्न प्रजातिका विरुवा र फूल रोपिएको हो । कार्यक्रमका प्रमुख अतिथी पोखरा उपमहानगरपालिका कार्यकारी अधिकृत झलकराम अधिकारीले पोखरा उपमहानगरपालिकाले वातावरण संरक्षणका कार्यक्रमलाई प्राथमिकता दिदै आएको बताउदै यस प्रकारको कार्यक्रमले नगरलाई हरियाली प्रवद्धन गर्न सघाउ पु¥याउने बताउनुभयो । माछापुच्छ«े वातावरण सुधार समितिका अध्यक्ष विश्वमोहन गौचनले खाली जग्गालाई नमुना पार्कको अवधारणा अनुरुप वृक्षारोपणको शुरुवात गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरिक्षक रोशन खड्का, समितिका उपाध्यक्ष रामप्रसाद अधिकारी, सचिव चक्रपाणी सुवेदी, शंकर टोल सुधार समितिकी अध्यक्ष यममाय गिरी लगायतले बगैचाको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । पोखरा उपमहानगरपालिकाको ४० हजार र बाँकी समितिको गरि करिव ६० हजार रुपैया बगैचामा खर्च भएको छ ।

कमेन्टहरु
Loading...