बाढी र पहिराले गरेका क्षति प्रति मुख्यमन्त्रीको दुःख प्रकट

पोखरा, २७ असार / कास्की, तनहुँ, लमजुङ र म्याग्दी जिल्ला लगायत विभिन्न ठाउँमा वाढी तथा पहिरोका कारण ठूलो मानवीय र धनमालको क्षति हुनगएको घटनाले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्तव्ध बनाएको बताएका छन् ।

यस दुःखद घटनामा ज्यान गुमाउनुहुने प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन् । घाइते भएकाहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

साथै कतिपय व्यक्ति वेपत्ता भएको र घरवारविहिन भएर विचल्ली परेको अवस्थामा रहेकोले उद्दार तथा राहतमा सक्रिय भएर जुट्न र यस विषम परिस्थितिमा धैर्यधारण गरी सतर्क रहन सबैमा आग्रह गरेका छन् । यस संकटको घडीमा उपचार, खोजी र उद्दार कार्यमा जुट्ने सवैप्रति हार्दिक धन्यवाद प्रकट गर्दछु ।

बाढी तथा पहिरोमा परि परिवार गुमाउनुहुने तथा प्रभावित परिवारको तत्काल उद्दार, राहत, पुनर्स्थापना एवं पहिरोका कारण जोखिममा परेको वस्तीको संरक्षणमा तदारुकताका साथ लाग्न सम्वन्धित तहको गम्भिर ध्यानाकर्षण गराउँदै त्यसको लागि प्रदेश सरकारको तर्फवाट आवश्यक सहयोग रहने प्रतिवद्धता विज्ञप्ती मार्फत गरेका छन् ।

जल तथा मौसम पूर्वानुमान विभागका अनुसार गण्डकी प्रदेशमा केही दिन भारी वर्षा हुने र जसका कारण नदीहरुमा पानीको वहाव वढ्ने, भूक्षय हुने, पहिरो जाने तथा सडक यातायात प्रभावित हुनसक्ने भएकोले यस अवधिमा अझ बढी सावधानी र उच्च सतर्कता अपनाउन समेत सम्वन्धित सबै पक्ष लगायत आम दिदीवहिनी तथा दाजुभाईहरुमा हार्दिक अपिल गर्दछु विज्ञप्तीमा भनिएको छ ।

गण्डकीका ३ जिल्लामा बाढी पहिरो, १३ को मृत्यु, १९ बेपत्ता

कमेन्टहरु
Loading...