बाढी पिडितलाई सहयोग गर्न विद्यालय विद्यालयमा सहयोग अभियान

पोखरा, १९ साउन /पृथ्वीनारायण क्याम्पसमा अध्ययरत बिल ल बि र स्नाकोत्तरमा अध्ययरत विद्यार्थीले बाढी पिडितका निम्ति आर्थिक सहयोग उठाउन सुरु गरेका छन् ।

अमरसिंह नमुना उच्च माविका विद्यार्थी र शिक्षकबाट अभियान सुरु भएको हो । कार्यक्रममा विद्यालयका शिक्षक गौतम पौडेलले आर्थिक सहयोग गरेर कार्यक्रमको सुरुवात गरेका हुन् । नवजिब ढुंगाना को सहयोजकत्वमा भएको कार्यक्रममा विद्यार्थीहरुले पनि सहयोग गरेक थिए ।

कार्यक्रममा सहसयोगक सुमन ढुंगानाले मधेशलाई दुःख पर्दा पहाडबाट र पहाडलाई दुःख पर्दा मधेशबाट सहयोग गर्नु पर्ने बताए । अमरसिंहबाट सुरु गरिएको कार्यक्रम सबै विद्यालयमा लगिने र छिटै संकलन भएको रकम पिडित माझ पुराउने सहसयोजक ढुंगानाले बताए ।

कमेन्टहरु
Loading...