बाढिपहिरोबाट भएको क्षतिप्रति कास्की कांग्रेसद्वारा दुःख व्यक्त

पोखरा, २३ भदौ/नेपाली कांग्रेस कास्कीले भिषण बर्षाका कारण कास्कीका विभिन्न स्थानमा बाढिपहिरोबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ।

कास्की कांग्रेसले बिहीबार विज्ञप्ति निकालेर बाढिपहिरोका कारण मानवीय क्षतिसँगै खानेपानी, बाटोघाटो, झोलुङगे पुल र सिंचाई कुलोमा नराम्ररी क्षति पुगेकोभन्दै दुःख व्यक्त गरेको छ।

सभापति कृष्ण के.सीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पीडितलाई नआत्तिन आग्रहगर्दै हरेक दुःखमा पार्टीले साथ र सहयोग गरिरहने उल्लेख गरिएको छ।

विज्ञप्तिमा घाइतेको निःशुल्क उपचार, पीडितलाई राहत, क्षति पुगेको भौतिक संरचनाको पुर्ननिर्माण, अवरुद्व ग्रामिण सडक सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराइएको छ। विज्ञप्तिमा घाइतेको शिघ्र स्वास्थ्यको लाभको कामनागर्दै मृतात्माको चिरशान्तिको कामना गरिएको छ।

कमेन्टहरु
Loading...