म नागरिकको कर्तब्य पुरा गर्न प्रदेश प्रमुख बनेको हुँः बाबुराम कुँवर

पोखरा, १० भाद्र /गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले आफुु एक असल नागरिकको कर्तब्य पुरा गर्न

प्रदेश प्रमुखको जिम्मेवारी ग्रहण गरेको बताएका छन् । नेपालको संविधानको धारा ४८ मा नागरिकको कर्तब्य

उल्लेख गरेको र धारा ८ मा राष्ट्र र राष्ट्रियता बारेमा उल्लेख गरिएको सन्दर्भ उल्लेख गदै उनले मातृभुमि प्रति

आफ्नो कर्तब्य पुरा गरेको बताए । ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय पोखरा नयाँबजारले आयोजना गरेको

रक्षाबन्धन एवं स्नेह मिलन समारोहमा बोल्दै प्रदेश प्रमुखले सो कुरा बताएका हुन् ।

उनले अधिवक्ता पेशामा रहँदा मासिक १०/ १५ लाख कमाई हुने स्मरण गर्दै मानिस धनले मात्रै खुशी र सुखी हुन

नसक्ने बताए । उनले भने ‘म अधिवक्ता हुँदा आधा घण्टा बोलेर ५ लाख कमाएको छु , तर पैसा मात्रै मेरो लागि

सबथोक कहिल्यै भएन ।’ उनले थपे म ‘यस देशको एक नागरिक हुँ मातृभुमि प्रति मेरो पनि केहि कर्तब्य छ सो

पुरा गर्न मैले प्रदेश प्रमुखको जिम्मेवारी ग्रहण गरेको हुँ ।’

उनले लामो समय सम्म न्यायपालिकामा आवद्ध भएर कानुन बन्ने प्रक्रियामा नेपाल सरकारको

महान्याधिवक्ता भएको स्मरण गदै अहिले संविधानको कार्यान्वय भइरहँदा प्रदेश प्रमुख जिम्मेवारीमा ग्रहण

गरेर कर्तब्य पुरा गरिरहेको बताए ।

उनले धर्म संस्कृति भित्र सामाजिक सद्भाव र भावनात्मक एकतालाई एकुसुत्र गर्ने निकै सकारात्मक पक्ष हुने

भन्दै रक्षाबन्धनले एकअर्काबीचको पवित्र सम्बन्ध र जीवनरक्षाकोलागि महत्वपूर्ण सन्देश बोकेको बताए ।

आध्यामिक ज्ञान विना कोरा ज्ञानले समाज परिवर्तन हुन नसक्ने उनको भनाई थियो । ‘ज्ञान विद्याले मात्रै

आर्जन हुने कुरा होइन । सृजनशिलता र ज्ञान दुई फरक कुरा हुन् । ब्यक्तिमा भएको ज्ञानले समाजमा योगदान

हुन सक्छ कि सक्दैन त्यो महत्वपूर्ण हुन्छ ।’ उनले भने ‘केहि चिज गरेर जिन्दगीमा रुपान्तरण आएन भने त्यो

कर्म गर्नु बेकार हुन्छ ।’

उनले मानव चोलामा परिणत भएपछि जन्मदिने माता र मातृभुमिको हित विपरीत लाग्ने र चित्त दुखाउने

मानिसको जीवन निरर्थक हुने बताए । मन शुद्ध राखेर हरेक नागरिकले मानवीय कर्तब्य पुरा गर्न सके समाज

सुन्दर हुने उनको धारणा थियो ।

पश्चिम नेपाल निर्देशक ब्रम्हकुमारी राजयोगिनी परिणिता जीले आध्यात्मीक ज्ञानबाट नै समाजमा परिर्वतन

ल्याउने सकिने बताइन् । रक्षा बन्धनको महिमाले दाजुभाई दिदिबहिनी बीचको आत्मियतालाई थप मजबुत

बनाउँदै पारिवारिक एवं सामाजिक सद्भाव र सहिष्णुता कायम हुने उनको भनाई थियो ।

समाजका विभिन्न क्षेत्रका विशिष्ट ब्यत्तिहरुको उपस्थिति रहेको सो कार्यक्रममा रक्षा बन्धन बाँधेर आत्मियता

साटासाट गरिएको थियो ।

कमेन्टहरु
Loading...