प्रदेश ४ का प्रदेश प्रमुख कुबँर र अर्थमन्त्री बिच भेटघाट

पोखरा, १६ वैशाख/प्रदेश ४ का आर्थिक मामिला तथा योजना मन्त्रीकिरण गुरुङले आइतबार प्रदेश प्रमुख बाबुराम कुँवर सँग भेटघाट गरेका छन् ।

मन्त्री गुरुङले भेटमा चालु आर्थिक वर्ष २०७४/७५ को बाँकी अवधिको बजेट तथा कार्यक्रम सम्बन्धमा प्रदेश प्रमुख कुँवरलाई जानकारी दिएका थिए । प्रदेश प्रमुख कुँवर र मन्त्री गुरुङ बिच बजेटबारे अनौपचारिक कुराकानी समेत भएको थियो ।

प्रदेश ४ को बजेट तथा कार्यक्रम आगमी बैशाख १९ गते प्रदेश सभा समक्ष पेश गरिने कार्यक्रम छ । भेटघाट कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव विष्णुराज ढकाल र प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव जीवन कुमार राईको समेत सहभागीता रहेको प्रदेश प्रमुखाको कार्यालयले आइतबार विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...