फाउण्डेशनद्धारा शैक्षिक सामाग्री बितरण

पोखरा, ८ अषाढ /बाबा फाउन्डेशन नेपालले कास्कीको अन्नपुर्ण गाँउपालिका १ सिम्पाली स्थित सिर्जना सामुदायिक बिद्यालयका छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा फाउन्डेशनका सचिव टंकराज अधिकारी र विद्यालयका प्रधानाध्यापक टीकाराम अधिकारीले संयुक्तरुपमा छात्रछात्रालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् ।

विद्यालयमा कक्षा ३ देखि १० कक्षासम्म अध्ययनरत २१ जना गरिव तथा जेहन्दार छात्रछात्रालाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।  शैक्षिक सामाग्री वितरण गर्दै फाउन्डेशनका सचिव अधिकारीले बालबालिकाको शैक्षिक अधिकार सुश्चित गर्ने अभियानमा अन्तर्गत छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरिएको बताए । उनले फाउन्डेशनले विगत १० वर्षदेखि यस्तो अभियान जारी रहेको जानकारी दिंदै उनले अहिलेसम्म करिब एक हजार जना आर्थिक विपन्नतामा परेका बालबालिकाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको बताए ।

विद्यालयका प्रधानाध्यापक टीकाराम अधिकारीले बाबा फाउन्डेशनको नाम र चर्चा सुनिरहेको सन्दर्भमा विद्यालययका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेकोमा आभार व्यक्त गरे । फाउन्डेशनका कार्यकारी निर्देशक शिव शर्मा सुवेदीले संस्थागत गतिवधिबारे चर्चा गर्दै बालबालिको क्षमता अभिवृद्धिका लागि रचनात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कमेन्टहरु
Loading...