Ganthan News Pokhara
All news from Pokhara & around

बाबा फाउन्डेशनको शैक्षिक सामाग्री वितरण जारी

0

पोखरा, ३१ बैशाख/बाबा फाउन्डेशन नेपालद्वारा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गर्ने अभियान जारी छ । गण्डकी प्रदेशलाई केन्द्र बनाई यस क्षेत्रका विभिन्न जिल्लामा शैक्षिक सामाग्री वितरण भइरहेको फाउन्डेशनका कार्यक्रम संयोजक दिपक वि.क. ले बताए ।

‘वातावरणमैत्री र बालमैत्रीका लागि बाबा फाउन्डेशनको अभियान’ भन्ने नाराका साथ आरम्भ गरिएको अभियानबाट हालसम्म करिब ११ सय जना विद्यार्थी प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । यस शैक्षिक सत्रसम्म करिब पाँच सय विद्यार्थीलाई अभियानमा सहभागी गराउने योजना रहेको सचिव टंकराज अधिकारीले बताए ।

फाउन्डेशनले पोखरा महानगरपालिका भित्रका ३३ वटै वडामा सम्बन्धित वडा कार्यालयको सिफारिसमा १०÷१० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने अभियान जारी छ । सचिव अधिकारीका अनुसार मंगलबार मात्र पोखरा महानगरपालिकाका वडा नं १० स्थित अमरसिंह मा.वि., सितलादेवि मा बि र सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

यसैगरी भिमाद नगरपालिका वडा नं. २ टेक्रेभञ्याङस्थित बाल विकास मा.वि. र रिसिङ गाँउपालिका वडा नं. ८ स्थित बाल शिक्षा निकेटन मा.वि का विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । शैक्षिक सामाग्रीका अलावा फाउन्डेशनले बालअधिकार संरक्षण र प्रवद्र्धन एवं वातावरण संरक्षणले सामाजिक विकासका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । वातावरण संरक्षण अन्तर्गत वृक्षारोपण र फोहोर व्यवस्थाका लागि विभिन्न स्थानमा डसविन वितरण गरिएको छ ।

सन् २०१९ भित्रमा पोखरा महानगरपालिकालाई बालमैत्री महानगर बनाउने महानगरको लक्ष्यलाई सहयोग गर्न फाउन्डेशनले महानगरकै सहयोगमा प्रत्येक वडामा बालबालिकाहरूलाई संगठित गर्ने र उनीहरूलाई बालमैत्री अभिमुखीकरण, बालअधिकार, बालमैत्री विद्यालय, बाल क्लब तथा बालमञ्च गठन जस्ता कार्यक्रम गर्दै आएको फाउन्डेशनका बोर्ड सदस्य प्रेमप्रसाद शर्माले जानकारी दिए ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु