पोखरामा असिना पानीले बालिमा क्षति, असिनाले केहीबेर बाटो बन्द

पोखरा, २० फागुन / पोखरामा मंगलबार दिऊसो परेको असिना पानीले तरकारी बालिमा क्षती पु¥याएको छ । असिना पानीबाट पोखराका अधिकांश क्षेत्रमा असिनाले तरकारी बालि र फलफुलमा क्षती पु¥याएको हो ।

असिनाको कारण पोखराबाट सराङकोट कास्कीकोट जाने सडक समेत केही बेर बन्द भएको कास्कीका प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए । असिनका कारण बन्द भएको बाटो केही समयमा असिना पन्छाएर खुलाएको उनले बताए । क्षतीको विवण भने नआएको उनले बताए ।

असिना
असिना

बारीमा लगाएको काक्रो, घिरिम्लो, लौका, गौलभेडा, सिमि, काउली, बन्दा, पाक्न लागेको तोरी, फापर लगाएतका तराकारी खेती ध्वस्त पारेको छ । सबै भन्दा धेरै असिना पोखरा १८ र २४ मा परेको स्थानीयले बताए ।

असिनाले कति क्षती पु¥यो भन्ने जानकारी भने आएको छैन । पानीका कारण पोखराका लेकसाइड, सभागृह, महेन्द्रपुल, पृथ्वीचोक, विरौटाचोक, नयाँबजार, न्यूरोड लगायत क्षेत्र जलमग्न भएका थिए । उचित ढल व्यवस्थापन हुन नसकेका कारण पार्किङ गरी राखिएका स्कुटर तथा मोटरसाइकलमा परेका थिए ।

कमेन्टहरु
Loading...