भुमिगत पानीका कारण अर्मलामा प्रकोप्र भुर्गभ विद्

गोकुल बानियाँ
पोखरा ११ मंसिर । एक्कासी जमिन भासिएर खाल्डै खाल्डो परेको कास्कीको अर्मला– १ मा प्रकोप न्युनिकरण र रोकथामको काम तिब्र पारिएको छ । बिस्थापित भएकाहरुको पुनस्थापनःको लागि जमिनलाई साबिककै अबस्थामा ल्याउने प्रयास जारी छ । स्थानिय खहरे खोलाको बहाब रोकिदा भूमिगत रुपमा पानीले खियाएको जमिन समस्याउने र भूमिगत पानीलाइ सतहमा ल्याउने प्रयोजनको लागि ३ दिन देखि डोजर र एक्साभेटरको प्रयोग भैरहेका छन् ।

armala (1)प्रकोप रोकथामको लागि तत्काल जिल्ला बिकास समिति कास्कीले दुई ओटा डोजर प्रयोग गरी पानीको बहाब सहज बनाउने काम गरिरहेको छ । स्थानिय बिकास अधिकारी ईश्वरराज पौडेलले भुवान परेको स्थानको प्रकृतिको आधारमा खोलाको अस्थायी बहाब क्षेत्र कायम गर्ने काम भैरहेको र बुधबार बिहान सम्म नतिजा देखिने गरी काम हुने बताए । भूमिगत पानीलाई सतहमा देखिने गरी कटाउने प्रयास भैरहेको उनले बताए ।
गाबिस सचिब रामचन्द्र पौडेलका अनुसार जमिन भासिएर दैनिक भुवानको संख्या बढ्दै गएपछि अहिले करिब ३५ भन्दा बढी स्थान भासिएका छन् । प्रभाबित क्षेत्रका ५० मध्य १७ घर परिवार बिस्थापित भएका छन् । ३ ओटा घरको जगनै भासिएपछि उनिहरु पूर्ण रुपमा बिस्थापित भएपछि आसपासका बासिन्दा त्रसित भएका छन् ।
प्रभाबित क्षेत्रको भौगर्भिक अबस्थाको बारेमा बुझ्न काठमाण्डौबाट आएको भुगर्भबिद्हरुको टोलिले सो क्षेत्र जोखिमयुक्त भएकाले तत्कालै बस्ती बिस्तारको संभाबना नरहे पनि बिस्थापित परिवारलाई करिब ३ हप्तामा पुनस्थाबित गर्न सकिने निश्कर्ष निकालेको छ । कमजोर भू–बनोट रहेको त्यस क्षेत्रलाई खानी तथा भूगर्भ बिभागले गरेको अध्ययनले सन् १९९८ मा नै संबेदनसिल क्षेत्रको रुपमा पहिचान गरेको थियो ।

जमिनको भारबहन क्षमता कम भएको क्षेत्रमा ठुला संरचना बनेकाले पनि समस्या भएको बिज्ञहरुको ठम्याई छ । अहिले प्रभाबित क्षेत्र हल्का एक तले घरको लागि मात्र उपयुक्त भएको बताईएको छ । खानी तथा भूगर्भ बिभागका लिलानाथ रिमाल र कुशल नन्दन पोखरेलको टोलिले प्रभाबित क्षेत्रको स्थलगत अध्ययन पछि बुझाएको प्रतिबेदनमा खहरे खोलाको करिब ३ सय ५० मिटर लम्वाईको दाया बाया ७५ मिटर सम्म असर देखिने उल्लेख गरिएको छ ।

सडक निर्माण एबं खानेपानीको पाईप बिछ्याउने क्रममा खहरे खोलाको सतहबाट करिब ३ मिटर माथि उठाई बहाब छेकिएपछि अहिलेको बस्था आएको प्रतिबेदनले औल्याएको छ । समस्या समाधानको लागि तत्काल खोलाको बहाब सहज बनाउन रोकिएको ३ मिटरलाई हटाउनुपर्ने र दिर्घकालिन समाधानको लागि एक बर्ष सम्म खोलाको पानीको बहाब र पानीको भूमिगत अबस्था बारे अबलोकन गरिरहनुपर्ने सुझाब दिईएको छ । संगै कालिखोलाको भुक्षय र नदि कटान नियन्त्रणको लागि आबश्यक चेक ड्याम्प समेत निर्माण गर्नुपर्ने भूगर्भबिद् लिलानाथ रिमालले बताए ।

मंगलबार सम्पन्न सरोकारवालाहरुको बैंठकले बिज्ञको सुझाबको आधारमा तत्काल गर्नुपर्ने काम र दिर्घकालिन समाधानको उपाय उपनाउने निर्णय गरेको छ । जोखिमपूर्ण भनि एकिन गरिएको सो क्षेत्रमा तत्कालको लागि स्थायी प्रकृतिका साना ठुला संरचना निर्माणमा रोक लगाईने भएको छ । जोखिम न्यूनिकरणको लागि प्रंभबकारी रुपमा काम भैरहेको भन्दै स्थानियलाई त्रसित नहुन समेत स्थानिय प्रशासनले आग्रह गरेको छ । प्रकोप ब्यबस्थापनको काम सम्पन्न भएपछि गाबिसको अनुमतिमा पुन बसोबासको ब्यबस्था मिलाउने बैठकले निर्णय गरेको छ ।

कमेन्टहरु
Loading...