निमार्णाधिन अमलाविसौनी घार्मी ग्रामिण सडकको निरिक्षण

पोखरा १५ असोज/सडक स्तरोन्नती भैरहेको अमलाविसौनी घार्मी आलेबारी अम्बरेश्वर ग्रामिण सडकको वडाध्यक्ष सहितको टोलीले अनुगमन गरेको छ ।

१४ किलोमिटर लामो सडकको हाल अमलाविसौनी देखि आलेबारीसम्मको सडक खण्डमा स्तरोन्नतीको काम भैरहेका छ । पोखरा महानगर पालिका

वडा नं १९ का वडाध्यक्ष शोभामोहन पौडेलको नेतृत्वमा गएको टोलीले निर्माण भैरहेको सडकको निरिक्षण गर्नुका साथै निर्माण कार्यका विसयमा

कामदारसँग जानकारी लिएको सडक उपभोक्ता समितिका सचिव डिल्लीराम पौडेलले जानकारी दिए । सडकमा पहिलो चरणको कार्य अन्र्तगत

अहिले वाल निर्माण, ग्याविन, पक्की नाला निर्माणको काम भैरहेको छ । यो काम सकिने वित्तिकै संवेदनशिल क्षेत्रमा ढलान र अन्यमा कालोपत्रे गरिने

सचिव पौडेलले बताए ।

सडक स्तरोन्नतीको ठेक्का पाएको कम्पनी हेम जिएक्सआरले हाल तिब्र गतिमा काम गरिरहेको र आगामी असार मसान्तसम्म पूर्वाधार सहितको २

कि.मि सडक निर्माण सम्पन्न गर्ने बताइएको छ।अनुगमन टोलिमा वडाध्यक्ष पौडेल सहित टोल विकास संस्थाका कृण्ण बहादुर पाण्डे, रामचन्द्र के.सी,

तिलक के.सी, खिम ब.के.सी, सामुदायिक वनका अध्यक्ष हरि वरुवाल र उपभोक्ता समितिका सचिव डिल्लीराम पौडेल सहभागी रहेका थिए । काम शुरु

भएसँगै त्यस सडक हुदै संचालनमा आएका यातयातका साधन घट्टाकोटुडाँ देखि राम्चे हुदै आवतजावत गरेका छन् ।

सडक स्तरोन्नतीसँगै कालोपत्रे हुनेभएपछि त्यस क्षेत्रका बासिन्दा हर्षित भएका छन्।उक्त सडकबाट पोखरा १९ घार्मी, पोखरा १६ कूरेचौर, हरिपाउ,

आलेबारी र अम्बरेश्वरका जनता लाभाम्वित हुने छन् ।

कमेन्टहरु
Loading...