अर्जुनचौपारी पोखरा सम्पर्क समाजको शुभकामना आदानप्रदान

पोखरा, २८ चैत/अर्जुनचौपारी गाउँपालिका पोखरा सम्पर्क समाजको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोकार्पण आगरेका छ । सस्थाका अध्यक्ष डा भवानीशंकर पौडेलको अध्यक्षता तथा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिर्घनारायण पौडेलको प्रमुख आथित्यतामा लोकार्पण भएको हो ।

प्रमुख प्रशासकिय अधिकृत दीर्घनारायण पौडेलले सामाजिक सेवा गर्ने र सामुहिक जिबन पद्धतिको सस्कार बिकास गर्न गठित यस्ता सामाजिक सस्थाहरु समाजका लागि निकै महत्त्वपूर्ण रहेको बताए । सोही अवसरमा लक्ष्मीप्रसाद गुरुङले सस्थालाई नगद १ लाख, ११ हजार १ सय ११ अक्षयकोष स्थापना गर्ने सहयोग गर्ने प्रतिबद्धता गरे ।

कार्यक्रममा सस्थाका बरिष्ठ उपाध्यक्ष जमुना काफ्ले चापागाईं, सल्लाहकारहरु उमाकान्त शर्मा, प्रेमनारायण पौडेल, हेमनारायण चापागाईं, खरिलाल पौडेल, मेजर लक्ष्मीप्रसाद गुरुङ, भरत गिरि र क्यालेन्डर प्रकाशन समितिका संयोजक प्रेम बहादुर क्षेत्री, वार्ड संयोजकहरुको तर्फबाट टेकनाथ पौडेलले लगाएतले शुभकामना दिएक थिए ।

कमेन्टहरु
Loading...