पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव पोखरेललाई सम्मान

पोखरा, २५ पुस /पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव अर्जुन पोखरेल काठमाडौमा सम्मानित भएका छन् । रियलस्टेट व्यवसाय, ग्रामीण पर्यटन तथा सामाजिक सेवामा महत्वपूर्ण योगदान पु¥याएको भन्दै फोकस नेपाल संस्थाले शनिबार उनलाई काठमाडौंमा सम्मानित गरेको हो ।

शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले एक कार्यक्रमका बीच उनलाई सम्मान गरेका हुन् । सम्मानले सामाजिक क्षेत्रमा थप काम गर्न आफूलाई प्रेरणा मिलेको पोखरेलले बताए ।

बिगत लामो समयदेखि निष्ठा र समर्पणका साथ युवा उद्यम, पर्यटन तथा सामाजिक कार्यमा योगदान पु¥याएकाले पोखरेललाई विशेष सेवा सम्मान २०७३ प्रदान गरिएको फोकस नेपाल संस्थाले जनाएको छ ।

कमेन्टहरु
Loading...