पत्रकार अर्जुन गिरीलाई सफाइ

पोखरा, ८ भदौ /पोखराबाट प्रकाशित हुदै आएको ताण्डव साप्ताहिक तथा ताण्डव न्युजडटकम अनलाइनका सम्पादक अर्जुन गिरीले सफाइ पाएका छन् ।

जग्गा कारोबारमा ठगी गरेको समाचार लेखेकोमा पोखराका ब्यवसायी विपेन्द्रराज बतासले गिरीविरूद्ध साइबर क्राइम मुद्दा हालेका थिए ।

गिरीलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले सफाइ दिएको हो । गिरीको पक्षमा बरिष्ठ अधिवक्ता बोर्ण कार्की र अधिवक्ता भक्तिराम घिमिरेले बहस गरेका थिए ।

गिरीलाई बैशाख २ गते जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएर केन्द्रीय अनुसन्धान ब्युरो सिआईबी काठमाडौं पठाएपछि चार दिन हिरासतमा राखेर अनुसन्धान गरिएको थियो ।

गिरीको पक्राउ विरूद्ध नेपाल पत्रकार महासंघ सहित पोखराका पत्रकारहरु आन्दोलनमा उत्रिएका थिए ।

कमेन्टहरु
Loading...