पत्रकार अर्जुन गिरीको रिहाई माग्दै देशभरका पत्रकार आन्दोलित, यस्तो छ कार्यक्रम

पोखरा, ३ बैशाख /पोखराका पत्रकार अर्जुन गिरीलाई साईवर क्राईम मुद्धामा पक्राउ गरि कारबाहीको तयारी गरिएको विरुद्ध पोखराका पत्रकारहरुले मंगलबार कास्की प्रहरी कार्यालय अगाडी धर्ना दिएका छन् ।

पत्रकार महासंघ कास्कीको अगुवाईमा उनीहरुले २० मिनेट धर्ना दिएका हुन् । पत्रकार गिरीको तत्काल विनाशर्त रिहाईको माग गर्दै देशभरका पत्रकारहरु आन्दोलित भएका छन् ।

पत्रकार महासंघ गण्डकीको समन्वयमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका पत्रकार महासंघले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय अगाडी विरोधको ब्यानर सहित धर्ना दिए । नेपाल पत्रकार महासंघले पनि आन्दोलनको कार्यक्रम तय गर्दैछ ।

पत्रकार महासंघ कास्कीले पोखराबाट प्रकाशित हुने सबै पत्रिकाहरुमा सम्पादकीय कालो पोत्ने, रेडियो र टेलिभिजनमा विहान ६ बजे ९० सेकेण्ड प्रशारण बन्द गर्ने तथा अनलाईनहरुमा कालो ब्यानर राख्ने निर्णय गरेको छ । बाँकी आन्दोलनका कार्यक्रम महासंघले बैठक बसेर तय गर्ने अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

कमेन्टहरु
Loading...