पोखरामा १३ मा अपाङग मैत्री वाटो निर्माण

पोखरा, २६ जेठ /स्मार्ट वडा निर्माण गर्ने अभियानमा जुटेको पोखरा महानगरपालिका वडा नं १३ ले वडामा अपाङ्ग तथा दृष्टिविहिन मैत्री वाटो निर्माण गरेको छ । वडा नं १३ मियापाटन देखी वडा कार्यालयसम्म आउने वाटो अपाङ्ग तथा दृष्टिविहिन मैत्री निर्माण गरिएको हो ।

वडा कार्यालयले प्रदान गर्ने सेवामा अपाङ्ग तथा दृष्टिविहिनहरुको सहज पहुच पु¥याउन सहयोग पुग्ने उद्धेश्यले वडा कार्यालयले नौ लाख ५० हजार रुपयाको लागतमा एक सय मिटर वाटो निर्माण गरेको हो । यस अघि १३ नं वडा कार्यालयले आफ्नो वडामा ३ सय मिटर अपाङ्ग तथा दृष्टिविहिन मैत्रि वाटो निर्माण गरिसकेको छ ।

एक किलोमिटर ५ सय मिटर अपाङग तथा दृष्टिविहिनमैत्रि वाटो निर्माण गर्ने लक्ष लिएको वडा नं १३ मा अब १ किलोमिटर ४ सय मिटर बाकी रहेको छ । विकास सबैका लागि आवश्यक रहेको भन्दै १३ नं वडाका वडाध्यक्ष दर्शन लामाले अशक्तका लागि गरिने विकास निर्माणले सभ्य समाज र सभ्य वडा निर्माणमा सहयोग पुग्ने वताए ।

पोखरामा १३ मा अपाङग मैत्री बाटो निर्माण
पोखरामा १३ मा अपाङग मैत्री बाटो निर्माण

यसैगरी वडा कार्यालयले वडाको संगमटोलमा १३७ मिटरलामो फुटपाथ निर्माण गरेको छ । कूल २१ लाख २३ हजारको लागतमा निर्माण गरिएको उक्त शडकमा टायल विच्छ्याईएको छ । कालोपत्रे भन्दा केही महंगो देखिएपनि लामो समयसम्म टिकाउ हुन सक्ने भएकाले यस्तो शडक निर्माण गरिएको वडाध्यक्ष लामाले वताए ।

अपाङ्ग तथा दृष्टिविहिनमैत्री शडक र फुटपाथ दुवैको शनिवार पोखरा महानगरपालिकाका प्रमुख मानवहादुर जिसिले उद्घाटन गरे । सो अवसरमा उनले अपाङग तथा दृष्टिविहिनमैत्री वाटो निर्माणले स्मार्ट सिटी निर्माणमा सहयोग पुग्ने वताए । महानगरप्रमुख जिसिले आफ्नो घरवाट निस्कने फोहरलाई वर्गिकरणका साथ व्यवस्थापन गरेमा महानगरले त्यस्ता घरहरुलाई फोहर व्यवस्थापन वापत आर्थिक सहयोग गर्ने वताए ।

कमेन्टहरु
Loading...