रिचार्ज कार्ड किन्न भन्दै राष्ट्रसेवक यसरी बिके (भिडियो सहित)

अनुप पौडेल
पोखरा, १४ साउन/सोमबार बिग एफ एममा कार्यरत म रातकको त्यस्तै ७ः२० हुँदो हो घर फर्किन चिप्लेढुङगाबाट बस चढने तरखरमा थिए । एउटा गाडिमा चढे र केही बेर पछि फिल्मी शैलिमा म सवार गाडी अगाडी २ जना सवार पुलिसको मोटरसाइकल आएर रोक्यो ।

अनुप पौडेल
अनुप पौडेल

ब्लु बुक र लाईसेन्स माग्न थाले प्रहरीले, त्यहाँ केहिबेर बहस चल्यो । त्यसको केहिबेर पछि उनिहरु फर्किए । पछि ड्राइभरसग माथी गएर आउछु भनेर सहचालक जान लाग्याथ्यो । चालकले प्रश्न गर्यो किन भनेर ? उसले जवाफ फर्कायो मामालाई रिचार्ड कार्ड हाल्ने पैसा चाहियो भनेर ।

त्यसपछी सह(चालक बसबाट झरे र माथी चोक तिर गए । म पनि केही होला भन्ने सोचेर सहचालकको पछि लागे । पछि लाग्दा लाग्दै बिग एफ एमबाट बाहिर आउने जेब्रा क्रसिङबाट ती चालक माथी क्याफे दि गार्डन् नजिक पुगे । फिल्मी शैलिका प्रहरी त्यही हातमा ३/४ वटा ब्लु बुक र लाईसेन्स लिएर बसिराथे । म हातमा भएको मोबाईलमा भिडियो खिच्दै हिडिरहेका थिए ।

प्रहरीले यता उति ३ वटा गाडिका सहचालकलाई डुलायो र कसैले नदेख्ने गरि पैसा लियो अनि गाडिवालालाई फिर्ता दियो । यस्ता प्रहरीलाई के गर्ने अनि कसले गर्ने ?

(अनुप पौडेल विग एफएममा कार्यरत पत्रकार हुन् । उनले पत्रकारको गुपमा राखेको त्यहीबाट लिएको हो ।)

रिचार्ज कार्ड किन्न भन्दै राष्ट्रसेवक यसरी बिके

रिचार्ज कार्ड किन्न भन्दै राष्ट्रसेवक यसरी बिके भिडियो अनुप पौडेल

Posted by Ganthan.com on Monday, July 30, 2018

 

कमेन्टहरु
Loading...