बागलुङकी १९ वर्षीया अंशु सापकोटाले जितिन् कोरोना

बागलुङ, १२ वैशाख / बागलुङकी कोरोना संक्रमित १९ वर्षीया अंशु सापकोटाले कोरोनालाई जितेकी छन् । शुक्रबार भएको परीक्षणको छैठौँ रिपोर्ट पनि नेगेटिभ आएपछि उनले कोरोना जितेकी हुन् ।

सापकोटा रिपोर्ट नेगेटिभ आएको पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालाले जानकारी दिएको छ ।
युवतीको अवस्था सामान्य भए पनि यस अघिको चार स्वाब रिपोर्ट कोरोना संक्रमण भएको पोजिटिभ रिपोर्ट नै आएको थियो ।

उनको डिस्चार्जको तयारी भइरहेको धौलागिरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बि पोखरेलले जानकारी दिए । चैत्र ४ गते बेल्जियमबाट कतार एयरवेजको विमान हुँदै नेपाल फर्किएकी थिइन् ।

त्यही क्रममा चैत्र १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमा अहिले सम्म ४९ जनामा कोरोना संक्रमण देखिएको छ भने अहिले सम्म ११ जना निको भइसकेको छ ।

कमेन्टहरु
Loading...