अन्नपूर्ण पोस्टको नयाँ ग्राहक योजना, विपि मेसिन देखि दैनिक १ लाख सम्म

पोखरा, २८ पुस /अन्नपूर्ण पोस्ट दैनिकले आइतबार पोखराको न्युरोडमा रोडसो गरेको छ । नयाँ ग्राहक योजना अभियानका क्रममा रोड सो गरेको हो । प्रत्येक ग्राहकलाई पक्का र हरेक दिन १ जनालाई १ लाख रुपैयाँ दिने गरी अन्नपूर्ण पोस्टले ग्राहक योजना सार्वजनिक गरेको छ ।

त्यस अभियानका क्रममा पत्रिकाका १८ जना डिएमओ परिचालन गरी पोखरामा ग्राहक अभियान सुरु गरेको अन्नपूर्ण पोस्टको पोखरा ब्युरोका सेल्स एन्ड मार्केटिङ अफिसर प्रकाश दाहालले बताए ।

‘ज्ञानको धनी साथमा टन्न मनी’ नाराका साथ अन्नपूर्ण पोस्टले नयाँ ग्राहक योजना ल्याएको छ । रोडसोका क्रममा आइतबार पहिलो चरणमा न्युरोडमा डिएमओहरुले अन्नपूर्णको योजनाबारे जानकारी लिएर घरघरमा पुग्ने छन् । पक्का उपहारमा रक्तचाप जाँच्ने डिजिटल मेसिन प्रत्येक ग्राहकले पाउने पत्रिकाका इरिया इन्चार्ज शिवहरि देवकोटाले दिए ।

‘पछिल्लो समय उच्च रक्तचापका बिरामी बढेको हुँदा घरमै बसेर जाँच्न सकियोस् भनेर यस्तो उपहार राखिएको हो,’ उनले बताए । प्रत्येक दिन नेपालभर ग्राहक बनेका मध्येबाट लक्की ड्र गरी दैनिक एकजनालाई १ लाख रुपैयाँ उपहार दिने योजना रहेको पनि देवकोटाले सुनाए ।

१६ वर्षदेखि अन्नपूर्ण पोस्ट् देशको अग्रणी राष्ट्रिय दैनिकका रुपमा उभिन सफल छ । अन्नपूर्ण पोस्ट् ४ वर्षअघिदेखि नयाँ व्यवस्थापनले सम्हालेर काठमाडौंसँगै बुटवल, इटहरी र कोहलपुरबाट एकैसाथ पत्रिका प्रकाशित हुँदै आएको छ ।

पत्रिकामा राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमका अलावा गहकिला विश्लेषणका साथै छुट्टाछुट्टै पेजमा ७ वटै प्रदेशका समाचार छापिन्छन भने अर्थ सम्बन्धी ४ पृष्ठको अर्थतन्त्र हरेक हप्ता ६ दिन (शनिबार बाहेक) प्रकाशित हुन्छ । साथै हरेक शुक्रबार मनोरञ्जन विशेष शैली र प्रत्येक शनिबार बौद्धिक खुराँकका रुपमा फुर्सद, हरेक आइतबार साना नानीहरुका लागि भनेर अंकुर र युवाहरुलाई लक्ष्त गरि सम्पुर्ण साप्ताहीक प्रकाशित गर्दै आएको छ ।

कमेन्टहरु
Loading...