अन्नपूर्ण पदमार्गमा ७ जना अझै बेपत्ता, मौषमका कारण खोजी कठिनाई

पोखरा, ५ माघ/ अन्नपूर्ण आधारशिविर पदमार्गमा हिमपहिरोमा परेर बेपत्ता ७ को शनिबार मौषमका कारण खोजीमा कठिनाई भएको छ । शुक्रबार आएको हिमपहिरोमा परेर ४ कोरियन पर्यटक र ३ नेपाली बेपत्ता भएका छन् । आइतबार मौषमका कारण हेलिकप्टरबाट आकाशबाट मात्रै शर्च गरेर फर्किएको छ ।

टान पोखराले आइतबार पत्रकार सम्मेलन गरेर विभिन्न टेकिङ एजेन्सिबाट गएका मध्ये ७ जना हराएइ रहेको जनाकारी दिएको छ । टान पोखराका अध्यक्ष हरि भुजेलले ४ जना कोरियन र ३ जना नेपाली गरी ७ जना हराई रहेको र तत्कालै खोजी गर्न कठिन रहेको बताए ।

उनले बेपत्ता हुनेमा कोरियन नागरिक लि मिन सु, जोङ पिल बोङ, किम सुक जा र चोइ ह्यो वोन रहेका छन् । त्यसै गरि नेपालीमा छिरिङ भोटे (शेर्पा), सरोज परियार र मेनबहादुर तामाङ छन् । तामाङ भरियाको रुपमा गएका थिए ।

हिमपहिरोस्थलमा बाक्लो हिउँ परेकाले उद्धारमा कठिनाइ छ । केही स्थानीय शनिबार र आइतबार दिउँसो पहिरोस्थलमा पुगे पनि तत्कालै खोजी गर्न सकिने अवस्थान रहेको टान पोखराका पुर्व अध्यक्ष दिपक अधिकारीले बताए । टान पोखराले ७ जनाको टोली बनाएर उद्धारका लागि शुक्रबार नै त्यस तर्फ पठाएको उनले बताए ।

हिमालय र देउराली बीचको हिङकु केभमा शुक्रबार बिहान १० बजेतिर हिमपहिरो गएको थियो । हिउँ नपग्लेसम्म घटनास्थलमा गएर यथार्थ बुझ्न नसकिने उनले बताए । टान पोखरा उपाध्यक्ष सुशिल पौडेलले पहिरोमा अन्य नेपाली र एक्लै गएका पर्यटकहरु पनि परेको हुन सक्ने बताए ।

अन्नपूर्ण र माछापुच्छ्रे आधारशिविर, देउराली लगायत स्थानबाट ५१ कोरियन, १४ चिनियाँ, ५ सिंगापुरे, २ अस्ट्रेलियन, दुई भारतीय, एक साल्भाडोर र नेपाली नागरिकलाई उद्धार गरी करिब १ सय ३० जनालाई पोखरा र छोम्रोङ ल्याइएको थियो ।

त्यसै गरी मनाङबाट मुस्ताङ जना लागेका चार जना चिनिया पर्यटकहरु सम्पर्कमा आएका छन् । थाराङ पासका लागि हिडेका उनी शनिबार मुस्ताङमा सम्पर्कमा आएका हुन् ।

कमेन्टहरु
Loading...