अन्नपूर्ण आधार शिविरमा हिउँपहिरोमा परेका मध्ये बेपत्ता एकको शव भेटियो

पोखरा, १२ वैशाख / कास्कीको अन्नपूर्ण आधार शिविर नजिक हिम्कुमा हिउँपहिरोका कारण बेपत्ता भएकामध्ये बुधबार १ जनाको शव भेटिएको छ ।

गएको माघ ३ गते अन्नपूर्ण आधार शिविरबाट फर्कँदै गर्दा नेपाली र विदेशी सहित ७ जना बेपत्ता भएका थिए ।

हिउ पग्लिदै गएपछि धादिङका ५० बर्षिय मिमबहादुर तामाङको शव भेटिएको प्रहरीले जनाएको छ ।

नेपाली सेनाको हेलिकप्टर मार्फत शव पोखरा ल्याउने तयारी भैरहेको टान पोखराका अध्यक्ष हरि भुजेलले जानकारी दिए ।

पहिरोमा ३ नेपाली र ४ कोरियन नागरिक बेपत्ता भएका थिए । बेपत्तामध्ये नेपाली पर्यटक गाईड सरोज परियारको चैत महिनामै शव भेटिएको थियो । अन्य एक नेपाली र चार जना कोरियनको बेपत्ता छन् ।

कमेन्टहरु
Loading...