हिमपहिरोमा हराएका ९ जनाको उद्धारका लागि हेलिकप्टर गयो

पोखरा, ४ माघ / हिमपहिरोमा परेर अन्नपूर्ण आधारशिविर (एबिसी) को पदमार्गमा ९ जना पर्यटक र पथप्रर्दशक सम्पर्क विहिनहरुको खोजीका लागि पोखराबाट हेलिकप्टर त्यस तर्फ गएको छ ।

चार जना नेपाली गाईड, पाचँ जना कोरियन पर्यटक गरी ९ जना सम्र्पक विहिन भएका थिए ।
उनीहरुको उद्धारका पोखराबाट सिम्रिक एयरको हेलिकप्टर त्यस तर्फ गएको छ ।

शुक्रबार साँझ र शनिबार विहानै मौषम नखुलेपछि हेलिकप्टर जान सकेको थिएन । केहि बेर आगाडी मात्रै हेलिकप्टर त्यस तर्फ गएको सिम्रिक एयर पोखराका म्यानेजर कमल गौतमले जानकारी दिए ।

शुक्रबार दिउँसो देउराली र हिङ कु केभको बीचमा हिमपहिरो झरेपछि उनीहरु सम्र्पक विहिन भएका थिए । केहि पर्यटको स्थानीय पर्यटन व्यवसायीले उद्धार गरेका थिए ।

लगातार हिमपातका कारण सञ्चारसम्पर्क नभएकोले पर्यटकको अवस्थाबारे जानकारी पाउन नसकेको कास्कीका डिएसपी तथा प्रवक्ता राजकुमार केसीले बताए ।

उनले प्रहरी टोली छुम्रुङबाट माथी लागि सकेको बताए । एक्यापले पहिरो गएपछि देउराली भन्दा अघि नबढ्न पर्यटकलाई अनुरोध गरेको छ ।

कमेन्टहरु
Loading...