अन्नपूर्ण पदयात्राका सय बढी पर्यटकको हेलिकप्टरबाट उद्धार, ७ जना अझै सम्र्पकविहीन

पोखरा, ४ माघ / अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा शुक्रबार गएको हिउँपहिरो पश्चात हराइरहेका ४ कोरियन र तीन जना नेपाली सहित ७ जना अझै सम्पर्क विहीन छन् । शुक्रबार दिउँसो देउराली र हिङ कु केभको बीचमा हिमपहिरो झरेपछि उनीहरु सम्र्पक विहिन भएका थिए ।

केहि पर्यटको स्थानीय पर्यटन व्यवसायीले उद्धार गरेका थिए । उनीहरु माछापुच्छे बेसक्यामका लागि हिडेका भए पनि शुक्रबार हिउँ पछि देउरालीबाट पोखरा तर्फ फर्किएका थिए ।

बिहीबारदेखि परेको हिमपातका कारण एबिसी पदमार्गमा अहिले सम्पर्कका कुनै माध्यम चल्न नसको हेलीकप्टर मार्फट उद्धार पछि पोखरा आएका गाइड अनिल गुरुङले बताए । उनले माछापुच्छे बेसक्याम्पमा ठुलोमात्रामा हिउँ परेको बताए ।

उनीहरूलाई शनिबार दिनभर खोजि गरेपनि नभेटिएको अन्नपूर्ण ११ का वडाध्यक्ष हिमबहादुर गुरुङले जानकारी दिए । अहिले अन्नपूर्ण आधार शिविर पदमार्ग अन्तर्गत एबिसी, एमबिसी र देउरालीबाट करिब १ सय जनालाई हेलिकप्टर मार्फत उद्धार गरेर केहीलाई पोखरा र केहीलाई छोमरोङ लगिएको बताए ।

एक्यापले पहिरो गएपछि देउराली भन्दा अघि नबढ्न पर्यटकलाई अनुरोध गरेको छ । हराइ रहेकाहरुको खोजी आइतबार बिहानबाट मात्रै हुने छ । शनिबार हेलिकप्टरबाट माथीबाट हेर्दा हिउ नै हिउ देखीएपछि उद्धार टोली दुर्घटना भएको स्थानमा पुग्न सकेन ।

कमेन्टहरु
Loading...