कास्कीको अन्नपुर्ण र माछापुच्छ्रे गाउँपालिकामा तालाबन्दी

पोखरा, ११ बैशाख /गएराती कास्कीको अन्नपुर्ण र माछापुच्छे गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तालाबन्दी गरेको हुन सक्ने प्रहरीले जानकारी दिएको छ ।

गाउँपालिकाको बोर्ड हटाएर तालाबन्दी गरेका स्थानीयले बताएका छन् । निर्बाचन प्रचार प्रसारका सामाग्रीहरु नस्ट गरेका कारण निर्वाचन बाड्न त्यस्तो गरेको हुन सक्ने प्रहरीको भनाई छ ।

बोर्ड झिकेर फालेपछि हँसिया–हथौडा अंकित झण्डा टाँसेका छन् । अहिले दुबै गाउँपालिकाको तालाबन्दी गरेको ताला फोडर कार्यालय सञ्चालनमा हरेको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...