अञ्जुली आवासियमा विद्यार्थीको विदाई

पोखरा, २१ चैत /अञ्जुली आवासिय वोर्डिड्ड स्कूल पोखरा–१ पुरानो टुडिखेलमा एसइइ दिएका विद्यार्थीलाई विदाई गरिएको छ ।एसइइ दिएका विद्यार्थीलाई विद्यालयको तर्फबाट र कक्षा ९ को तर्फबाट मायाँको चिनो सहित विदाई गरिएको थियो ।

विदाई कार्यक्रममा बोल्दै प्रमुख अतिथि हिसान कास्कीका अध्यक्ष डा.रामजी शर्माले एसइइ दिएका विद्यार्थीलाई शुभकामना दिदै उज्जल भविष्यको कामना गरे । ‘यो विद्यालयले अघिल्ला दूई वर्षको एसइइको नितिजामा एन प्याव्सानमा टप भएको थियो’,उनले भने,‘यो वर्षको रिजल्ट पनि टप गरेर विद्यालयले ह्याट्रिक गर्ने छ ।’विद्यालयका संस्थापक निर्देशक राजु केसीले विद्यालयको शिर उचो राख्न आग्रह गर्दै आफ्ना विद्यार्थीलाई हरेक पल विद्यालय सहयोग गर्न तयार रहेको जनाए ।

अञ्जुली आवासिय बोर्डिड्ड स्कूलकी संस्थापक प्रिन्सिपल सुनिता कुँवर केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियन कास्कीका उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, अतिरिक्त क्रियाकलाप प्रमुख प्रेमनारायण ढकाल, शिक्षक गोविन्द शर्मा, परिक्षा शिक्षक खेमराज अधिकारी, शिक्षक कृष्ण विक, शिक्षिका रिना सुवेदी, विद्यार्थी पृती गुरुङ, सपना रोका, अस्मिता भण्डारीले बोलेका थिए ।

कमेन्टहरु
Loading...