श्रेष्ठलाई प्रेस युनियन अवार्ड

पोखरा, ११ जेठ / नेपाल प्रेस युनियन कास्कीको प्रेस युनियन अफ दी इयर अवार्ड अनिषा श्रेष्ठलाई प्रदान गरिने भएको छ । कार्यसमिति सदस्यलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको सो अवार्ड यसवर्ष पहिलो पटक कार्यसमिति सदस्य श्रेष्ठलाई दिन लागिएको अध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।

एक वर्ष अघिको बैठकले प्रत्यक वर्ष नेपाल प्रेस युनियनको स्थापना दिवसमा कार्यसमिति सदस्यमध्यबाट एक जना सदस्यलाई अवार्ड दिने निर्णय गरेको थियो । २९ औं स्थापना दिवसको अवसरसँगै जेठ १३ मा सो अवार्ड प्रदान गरिने छ । अवार्ड स्वरुप नगद पाँच हजार नगदसहित मायाको चिनो प्रदान गरिने छ ।

कार्यसमितिका सदस्यले संस्थाका लागि निर्वाह गरेको भूमिकाको मूल्यांकन गरी प्रोत्साहन गर्न सो अवार्ड व्यवस्था गरिएको हो छ । ‘यसपटक सदस्य श्रेष्ठलाई प्रोत्साहन स्वरुप अवार्ड दिइने भएको छ अध्यक्ष सिग्देलले भने, कार्यसमितिका सदस्यलाई प्रोत्साहन गर्नु नै अवार्डको उद्देश्य हो ।’

प्रेस युनियन कास्कीले यसवर्ष सुप्रेम शारदा पत्रकारिता पुरस्कार, नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार र शान्ति पत्रकारिता पुरस्कार वितरण गर्ने छ ।

कमेन्टहरु
Loading...