आनन्दित गृह नेपाल जेष्ठ नागरिक आवासिय सेवा केन्द्र कास्कीको छैठौ साधारण सभा

पोखरा, १६ असोज /आनन्दित गृह नेपाल जेष्ठ नागरिक आवासिय तथा दिवा सेवा केन्द्र कास्कीले छौठौ वार्षिक साधारण सभा तथा २९ औ जेष्ठ नागरिक दिवस मनाएको छ ।

पोखराको माटेपानीमा २०७० सालदेखी सञ्चालनमा आएको आनन्दित गृह नेपालको छैठौ साधारण सभामा वोल्दै प्रमुख अतिथी जेष्ठ नागरिक सरोकार समाजका अध्यक्ष भक्त बहादुर श्रेष्ठले आनन्दित गृह नेपालको कार्यक्रमलाई प्रभावकारी तरिकाले अगाडी वढाउन तथा जेष्ठ नागरिकलाई सहयोग गर्नका लागी राज्यले यस्ता संस्थालाई सहयोग गर्नुपर्ने वताए । श्रेष्ठले आनन्दित गृह जस्तो संस्थालाई जग्गा प्रदान गर्नुपर्नेमा समेत जोड दिए ।

संस्थाको आर्थिक ब्यवस्थापन सल्लाहकार रत्न शाक्यले दिवा सेवा निशुल्क चलाउन गाह्रो हुने वताउदै सहयोगी हातहरु अगाडी वढ्न आवश्यक रहेको वताए । शाक्यले दिवा सेवाको खाजा प्रायोजन गर्न आएका पाहुनाहरुलाई उनको आग्रह गर्दै प्रति महिना १ सय का दरले आगामी ६ वर्षका लागी नगद ६ हजार समेत प्रदान गरेका थिए ।

संस्थाका आवासिय सदस्य ९६ वर्षिय भीम बहादुर गुरुङले आनन्दित गृह जस्तो संस्थामा बसेर आफुले साहै सुखद जीवनयापन गर्न पाएको र राम्रो हेरचाह पाएकोमा खुसी ब्यक्त गर्दै संस्थाका सञ्चालक शाक्य दम्पती मध्ये कसैलाई केही भएमा यो संस्थाको भविष्य र आश्रित जेष्ठ सदस्यलाई के हुन्छ भन्नेमा आफुहरु चिन्तित रहेको वताए ।

त्यस्तै गञ्ज कुमारी गुरुङले वृद्धाअवस्थामा विभिन्न कारणले गर्दा आमा वुवाहरुलाई घरमा असुविधा तथा एक्लोपन महशुस हुने भएकाले त्यस्ता वृद्धवृद्धाको लागी यो संस्था दिवा तथा आवासिय कार्यक्रम निकै उपयोगी भएको र यसलाई सवैले सहयोग गरी दिने ब्यवस्थापनमा लाग्नुपर्ने वताइन । संस्थाका अध्यक्ष डाक्टर यज्ञमान शाक्यले संस्थाको काम प्रभावकारी ढंगले अगाडी वढाइरहेको भएतानी राज्यले यसबारेमा त्यति चासो नदेखाएको वताउदै राज्यले आफ्नो संस्थाको लागी जग्गा प्रदान गरेको खण्डमा आफ्नो संस्थाबाट भवन निर्माणका लागी ५० लाख प्रदान गर्न तयार रहेको वताए ।

सो अवसरमा प्रमुख अतिथि भक्त बहादुर श्रेष्ठले संस्थालाई रु ११ हजार सहयोग गर्ने प्रतिवद्धता गरे । त्यसैगरी बौद्ध उपासिका महिला संघ मोहोरियाटोलको तर्फबाट नगद ५ हजार ५, मोहन श्रेष्ठबाट १ हजार, किरण चन्द ठकुरीले १ हजार ५, धनकाशी गुरुङले १ हजार प्रदान गरेका थिए । त्यसैगरी भीमलाल लामिछानेले जेष्ठ सदस्यले रु १ लाख ११ हजार १ सय ११ रुपैया संस्थाको अक्षयकोषमा जम्मा गर्नका निम्ति प्रदान गरे ।

डाक्टर यज्ञमान शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेष्ठ नागरिक सरोकार समाजका सल्लाहकार रविन्द्रमान माकाजु, दिवासेवाका हितमान शाक्य, डाक्टर विश्वकल्याण परजुली लगायतले संस्थाको बारेमा वोलेका थिए । उक्त कार्यक्रमको सञ्चालन छवि गौडेलले गरेका थिएभने संस्थाको वार्षिक प्रगति प्रतिवेदन सविच रोमा राउत शाक्यले प्रस्तुत गरेकी थिइनभने कोषाध्यक्ष मेजरमान बज्राचार्यले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

आनन्दित गृह नेपालको लागी कोष वृद्धि गर्नका लागी यही आउदो कार्तिक २३ गते पोखरामा अष्ट्रेलियन कलाकार केनेड प्रधान र नेपाली कलाकारहरु सनु पौडेल र सीमा संग्रौलाको सांगीतिक प्रदर्शन गर्ने भएको छ ।

कमेन्टहरु
Loading...