आनन्द ज्योति माविको ४५ औं बार्षिकोत्सव सम्पन्न

पोखरा, १७ फाल्गुन /पोखरा लेखनाथ महानगरपालिका ३१ बेगनासमा रहेको आनन्दज्योति माध्यमिक बिद्यालयको ४५औं बार्षिकोत्सब एवं अभिभावक दिवस तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । बिहिबार बिद्यालयले एक कार्यक्रमको आयोजना गरि बार्षिकोत्सब एवं अभिभावक दिवस तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोेल्दै प्रमुख अतिथि प्रतिनिधीसभा कास्की क्षेत्र नम्वर १ का सांसद एवं पुर्वमन्त्री खगराज अधिकारीले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर खस्कनुमा अभिभावक नै दोषी रहेको बताएका छन् । अभिभावकले आफ्ना बच्चाहरुलाई निजिमा लैजान प्रतिस्पर्धा गर्ने तर सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न प्रयास नगरेको कारण नै सामुदायिक बिद्यालयहरुको गुणस्तर कमजोर बनेको उनको भनाई छ ।

सांसद अधिकारीले अब बिद्यालयहरुले छनोट गरेर व्यवसायिक बिषयलाई जोड दिनुपर्ने भन्दै यसमा आफ्नो सहयोग रहने प्रतिबद्दता ब्यक्त गरे ।कार्यक्रममा प्रदेशसभा कास्की क्षेत्र नम्वर १ “क” का सांसद दिपक कोइरालाले बिद्यार्थी भनेको भबिस्यको कर्णधार भएको भन्दै उनिहरुको योग्यता र क्षमतामा ध्यान दिएर शिक्षा प्रदान गर्नुपर्ने बताए ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोकर्ण तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्य समिती कास्कीका उपाध्यक्ष साबित्री भण्डारी, पोखरा लेखनाथ महानगरपालिका ३१ का वडा अध्यक्ष कमल बहादुर थापा, जिल्ला शिक्षा कार्यलयका प्रतिनिधी श्रोत ब्यक्ती बिष्णुप्रसाद तिवारी, एमालेका पोखरा लेखनाथ महानगरपालिका ३१ का सहसंयोजक गणेश बहादुर थापा, नेपाली काङग्र्रेस पोखरा लेखनाथ महानगरपालिका ३१ का सभापती धुर्वराज अधिकारी, मेट्रो बैकका शुर्यप्रसाद तिवारी, विद्यालय ब्यबस्थापन समितिका पुर्व सदस्य भुपेन्द्र बहादुर रानभाट, लेखनाथ साना खानेपानीका बिष्णु बराल, अमरशिद्ध नमुना माबीका प्रधानध्यपक बिष्णु पौडेल, शिक्षक सत्यराज कडेल, बिद्यार्थीहरु बिनय तिवारी, प्रतिभा बास्तोला लगायतले बोलेका थिए ।

कार्यक्रमको संचालन शिक्षक तारानाथ लामिछानेले गरेका थिए भने विद्यालयका प्रध्यानाध्यापक शुक्रराज अधिकारीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा कक्षा १ देखि कक्षा १२ सम्मका शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृृष्ट विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो । साथै विभिन्न शिर्षकमा स्थापना भएको अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रवृति समेत प्रदान गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

आनन्द ज्योति माविको ४५ औं बार्षिकोत्सव सम्पन्न
कमेन्टहरु
Loading...