आनन्द ज्योतिमा तोयनाथ–यसोधा अक्षयकोष स्थापना

पोखरा २ चैत​/पोखरा ३१ बेगनास स्थित आनन्द ज्योति माध्यमिक बिद्यालयमा तोयनाथ–यसोधा अक्षयकोष स्थापना भएको छ ।पृथ्वी नारायण क्याम्पस पोखराका पुर्व निमित्त क्याम्पस प्रमुख पोखरा ३१ बेगनास निवासी बिश्वराज अधिकारीले आफ्ना बुबा आमाको नाममा १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशीको तोयानाथ-यसोधा अक्षयकोष स्थापना गरेका हुन् ।

शनिबार एक कार्यक्रमका बिच अधिकारीले सो रकम बराबरको चेक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रुद्रनाथ अधिकारी र प्रधानध्यपक शिबराज अधिकारीलाई हस्तान्तरण गरेका थिए । आनन्द ज्योति माबिका पुर्व शिक्षक समेत रहेका तोयनाथ अधिकारी र उनकी धर्मपत्नी यसोधा अधिकारीका नाममा उनिहरुका जेठा छोरा बिश्वराज अधिकारी संरक्षक रहने गरेर तोयनाथ–यसोधा अक्षयकोष स्थापना भएको बिद्यालयका प्रधानध्यपक शिबराज अधिकारीले जानकारी दिए ।

अक्षयकोषको ब्याजबाट प्राप्त रकमको ५० प्रतिशत बिद्यालयका १ जना उत्कृष्ठ शिक्षक तथा ५० प्रतिशत बिद्यालयमा माबि तह (कक्षा ९ देखि १२ सम्म) मा अध्ययन गर्ने गरिब तथा जेहेन्दार १ जना छात्रा र १ जना छात्रलाई बार्षिक रुपमा प्रदान गर्ने निर्णय भ​एको प्रधानध्यापक अधिकारीले जानकारी दिए ।बिद्यालय ब्यवस्थापन समितिको शनिबार सम्पन्न बैठकले उक्त अक्षयकोष स्विकार गर्ने निर्णय गरेको बिद्यलयले जनाएको छ ।

यसैबिच, गण्डकी बिकास बैङ्कका सिईओ रेशम बहादुर थापाले आफु संरक्षक रहने गरि यस अगाडि नै स्थापना गरेको मानबहादुर-नन्दकली अक्षयकोषको रकम पनि बृद्दी गरेर १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुर्याएको बिद्यालयले जनाएको छ ।

कमेन्टहरु
Loading...