कारबाही गर्न माग गदै अनेमसंघको ज्ञापनपत्र

पोखरा १३ चैत /सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी निकटको अखिल नेपाल महिला संघले पोखरामा पछिल्लो समय भएका यौनजन्य हिंसा र र्दुव्यवहारका घटनामा संलग्न दोर्षिलाई कारबाहीको माग गरेको छ ।

संघले मंगलबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेश सभाका सभामुख, उपसभामुख, जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका प्रमुख र उपप्रमुख तथा जिल्ला प्रहरी कार्यालय कास्कीलाई ज्ञापनपत्र बुझाउदै पोखरामा पछिल्लो पटक भएका यौनहिंसाको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले बुझाएको ज्ञापनपत्रमा गत चैत ८ गते पोखरा महानगरपालिका वडा नम्वर ६ लेकसाईडमा रहेको एक घरमा बस्दै आएकी बालिकालाई यौन हिंसा र यौनजन्य र्दुव्यहारका कारण मनोबैज्ञानिक असर परेको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । त्यस्तै संघले पोखराको वडा नम्वर ७ मा एक बालिकाले बेवारिसे बच्चा जन्माएको बताउदै दोषिलाई कारबाहीको माग गरेको छ ।

संघले सवै कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाउदै दोर्षिलाई कारबाही र पीडितलाई न्याय दिन माग गरेका थिए । अनेसमसंघ कास्कीका अध्यक्ष शुशीला पराजुलीले प्रत्येक व्यक्तिले सम्मानपूर्वकबाँच्न पाउने हक संविधानमा सुनिश्चित गरेको र महिलालाई मात्र धारा ३८ मा छुटटै मौलिक हक प्रदान गरिएको अवस्थामा दिनहु हुने यौन जन्यहिंसाका घटनाले असुरक्षित महसुस गरेको बताइन् ।

उनले भनिन, ‘दिनहु यौन जन्य हिंसामा परेका खवहरु आइरहदाँ राज्यका निकायहरु संवेदनशील भई घटनाको सत्यतथ्य छानविन गरि पीडितलाई न्याय र दोर्षिलाई कारर्बाही गर्न माग गर्दछौ ।’

ज्ञापनपत्र बुझाउदै उनले पोखराको लेकसाईड र मासबारमा भएका घटनाका दोर्षिलाई कडा कारबाहीको लागि जोडदार माग गरिएको छ । ज्ञापनत्र बुझदै पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिहेको बताउदै सत्य तथ्य पत्ता लगाएर दोर्षिलाई कारबाहीका लागि आफनो तर्फबाट खेल्नुपर्ने भुमिका निर्वाह गर्ने बताए ।

ज्ञापनत्र बुझाउन अनेमसंघका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका सांसद मित्रकुमारी गुरुङ सुवेदी, अनेमसंघका नेत्रीहरु गजमकुमारी गुरुङ, राधिका शाहीयोगी, रत्ना गुरुङ, अञ्जु क्षेत्री, विजया सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

कमेन्टहरु
Loading...