चाडपर्वलाई लक्षित गरी अमरसिंह चोकमा यात्रु सहायता कक्ष स्थापना

पोखरा, २२ असोज /चाडपर्वलाई लक्षित गरी कास्की प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ । दशैको समयमा पोखरा भित्रिने र

बाहिरिने यात्रुहरुको चापलाई मध्येनजर गर्दै कास्की प्रहरीले पोखराको अमरसिंहचोकमा यात्रु सहायता कक्ष स्थापना गरेको हो ।

यात्रु सहायता कक्षको शुरुवात गर्दै कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रविन्द्रमान गुरुङले पर्यटकीय शहर समेत रहेको पोखरामा

नेपालीहरुको महान पर्व दशैको वेला पोखरा आउने र बाहिरिने यात्रुहरुलाई कुनै झण्झट बिने गन्तब्य सम्म पु¥याउने लक्ष्य सहित यात्रु

सहायता कक्षको स्थापना गरिएको वताए ।

पोखरा भित्रिने र पोखराबाट बाहिरिने यात्रुहरुलाई बसका कर्मचारी तथा यातायात बिचौलियाहरुले दुख दिने तथा पोखरामा आउने

पर्यटकहरुलाई पोखराको बारेमा जानकारी दिने उद्देश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको गुरुङको भनाइ रहेको छ । प्रहरी प्रवक्ता

गुरुङका अनुसार पोखरामा आधा दर्जन वढी यात्रु सहायता कक्षको स्थापना गरिनेछ । पोखराको पर्यटक वसपार्क, पोखरा बसपार्क,

बाग्लुङ वसपार्क, पोखरा विमानस्थल लगायतका क्षेत्रमा यात्रु सहायता कक्ष स्थापना गरिने छ ।

पोखराको अमरसिंह चोकमा स्थापना भएको यात्रु सहायता कक्षमा वडा प्रहरी कार्यालय रामबजारको मातहतमा १ जना ट्राफिक प्रहरी र

२ जना प्रहरीले विहान देखी बेलुका सम्म ड्युटी गरी अफ्ठेरोमा परेका यात्रुलाई गन्तब्य सम्म पुग्नका लागी सहयोग गर्ने वडा प्रहरी

कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक दिपक केसीले वताए ।

कमेन्टहरु
Loading...