कास्कीमा जनयुद्ध दिवस भब्य रुपमा मनाउने माओवादीको तयारी,

 पोखरा, २८ माघ /एकिकृत नेकपा माओवादी कास्कीले जनयुद्धको १९ औं बर्ष गाँठ कास्कीमा पनि भब्य रुपमा मनाउने तयारी गरेको छ ।
नेपालमा गणतन्त्र स्थापनाका लागि भन्दै माओवादीले बिस २०५२ फागुन १ गते देखी मुलुकमा १० बर्ष सम्म शसस्त्र जनयुद्ध गरेको थियो । जनयुद्धमा शहादत प्राप्त गर्ने करिब १४ हजार शहिद, हजारौ बेपत्ता र घाइते योद्धाका सम्मान गर्दै जनयुद्ध दिवस मनाउने तयारी गरिएको एनेकपा माओवादी कास्कीका नेता रामजी बराल जिबनले वताउनुभयो । जनयुद्ध दिवसका दिन एनेकपा माओवादी कास्की कार्यालय शिबालयचोक पोखरामा शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरिएको पनि नेता जिबनले जानकारी दिनुभयो । माओवादीका गाउँ तथा वडा पार्टीहरुले पनि आ–आफ्नै पहलमा जनयुद्ध दिवसका दिन बिबिध कार्यक्रम गर्ने तयारी गरेको माओवादी कास्कीका मुख्य सचिब लालमोहन तिवारीले जानकारी दिनुभयो । सोही दिन दुइ बर्ष अघि जनयुद्ध दिवसकै दिन काठमाण्डौमा शहादत प्राप्त गर्नुभएका बरिष्ठ साहित्यकार तथा प्राध्यापक शहिद घनाश्याम ढकालको पनि श्रद्धाञ्जली सभा आयोजना गरिने कार्यक्रम तय गरिएको पनि तिवारीले वताउनुभयो ।

सोही जनयुद्धको जगमा विस २०६२÷६३ सालमा तत्कालिन नेकपा माओवादी सहित सात संसदवादी दलको संयुक्त जनआन्दोलनपछि, मुलुकमा गणतन्त्रको स्थापना भएको थियो । अहिलेको संबिधानसभाको एजेण्डा समेत जनयुद्धका क्रममा माओवादीलेनै उठाएको एजेण्डा हो । सात संसदवादी दल गणतन्त्रमा आउन र संबिधानसभाको निर्बाचनमा जान तयार भएपछि, तत्कालिन नेकपा माओवादी शान्तिपुर्ण राजनितिमा आएको थियो ।

कास्कीमा पनि जनयुद्धका क्रममा राज बिक्रम भुर्तेल र बिजय ढकाल सहित ३८ जनाले आफ्नो जिवन अर्पण गरेका थिए । साथै कास्कीमा पुर्ण पौडेल र चमनलाल बराल सहितका नेताहरु अझै पनि बेपत्ता छन् । त्यसैगरी गोमा घिमिरे रुची सहितका योद्धाहरु जनयुद्धमा लड्दा लड्दै अपाङ्ग जिवन वताइरहेका छन् । माओवादीले कास्कीमा जनयुद्ध दिवस मनाउन कास्कीमा सबै पार्टी कमिटी र जनबर्गिय सँगठनहरु परिचालन गरीरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...