अखण्ड नेपाल पार्टीका उम्मेदवारको घोषणा

पोखरा १५ असोज /अखण्ड नेपाल पार्टीले आगामी संबिधानसभा निर्बाचनको लागि पश्चिमाञ्चलका बिभिन्न जिल्लाबाट उम्मेदवार छनौट गरेको छ । पोखरामा आज पत्रकार सम्मेलान गरी दिएको जानकारी अनुसार कास्की क्षेत्रनम्बर १ मा मिन बहादुर केसी, २ मा पदम बहादुर कार्की, ३ मा ठुलो टेकन गिरी र क्षेत्रनम्बर ४ मा कृष्ण बहादुर थापाको नाम छनौट गरिएको छ ।

त्यस्तै तनहु क्षेत्रनम्बर १ मा फुलमति थापामगर, २ मा देबि बहादुर बस्नेत र ३ मा नबराज ढुङ्गानालाई उम्मेदवार बनाईएको छ । स्याङजा क्षेत्रनम्बर १ मा गोपाल बहादुर क्षेत्री र २ मा भक्त बहादुर केसीको नाम छनौटमा परेको छ । पर्बत १ मा नरबहादुर कार्की र २ मा युग नाथ गौडेल रेग्मीलाई उम्मेदवार तोकेको अखण्ड नेपाल पार्टीले बाग्लुङ क्षेत्रनम्बर १ बाट बद्री बहादुर केसी र २ बाट कृष्ण बहादुर शाहीलाई उम्मेदवार बनाएको छ ।

म्याग्दीमा डम्बर बहादुर बानियाँ, गोरखा क्षेत्रनम्बर १ मा पूर्ण बहादुर कुवर र मुस्ताङमा नर बहादुर रेग्मीलाई टिकट दिईएको पार्टीकी केन्द्रिय उपाध्यक्ष पुष्पा केसी भण्डारीले जानकारी दिईन् । यसैगरी लम्जुङ गेत्रनम्बर १ मा राम बहादुर रानामगर र २ मा गोपाल बहादुर कुवरको नाम छनौटमा परेको छ ।

कमेन्टहरु
Loading...