निर्वाचन आज, विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान

पोखरा, ३१ बैशाख /आज ३४ जिल्लामा स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनमा भाग लिन मतदाताहरु मतदानस्थलमा लाइनमा बसिसेका छन् । विहान ७ बजेबाट मतदान सुरु हुनेछ । पहिलो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ का २८३ स्थानीय तहमा स्थानीय जनप्रतिनिधि चयनका लागि मतदान हुन लागेको हो ।

मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ । ४९ लाख ५६ हजार ९ सय २५ मतदाता छन् । कास्कीमा एक हजार सात सय २३ जना कर्मचारी जिल्लाका पाँच स्थानीय तहमा खटिएको क्षेत्रीय निर्वाचन कार्यालय, पोखराले जनाएको छ ।

उनका अनुसार पाँच सय बढी मतदाता रहेको मतदान केन्द्रमा छ जना र सो भन्दा कम मतदाता रहेका केन्द्रमा पाँच जनाका दरले कर्मचारी खटिएका हुन् । पाँच सयभन्दा बढी मतदाता रहेका केन्द्रमा १ मतदान अधिकृत, २ सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी र दुई सहयोगी कर्मचारी खटिएका छन् । कास्कीमा एक सय ५० वटा मतदान स्थलमध्ये दुई सय ८८ मतदान केन्द्र कायम छन् । सबैभन्दा बढी पोखरा महानगरपालिकामा ९८ वटा मतदान स्थलमध्ये २ सय १० मतदान केन्द्र छन् ।

यस्तै, अन्नपूर्णमा १५ स्थलमध्ये २१ मतदान केन्द्र, माछापुच्छे«मा १२ स्थलमा २१ केन्द्र, मादीमा १७ स्थलमा २१ केन्द्र र रुपामा ८ स्थलमध्ये १५ मतदान केन्द्र कायम गरिएको छ । जसअनुसार पोखरा महानगरपालिकामा एक हजार दुई सय ५८, मादीमा एक सय २३, अन्नपूर्णमा एक सय २६, माछापुच्छे«मा एक सय २६ र रुपा गाउँपालिकामा ९० कर्मचारी खटिएका हुन् । जिल्लाका पाँच तहमा कुल ७२ वटा वडाबाट ३१ वैशाखको निर्वाचनमा तीन सय ७० जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । पछि दलित र अल्पसंख्यक गरी ११ जना मनोनीत भई प्रतिनिधि कुल सख्या तीन सय ८१ पुग्नेछ ।

महानगरमा १ प्रमुख, १ उपप्रमुख, ४ गाउँपालिकामा ४ अध्यक्ष र ४ उपाध्यक्ष, महानगर र गाउँपालिकामा ७२ वडाध्यक्ष, १ सय ४४ वडा सदस्य, ७२ महिला सदस्य र ७२ दलित महिला सदस्य निर्वाचित हुनेछन् । पोखरा लेखनाथ महानगरपालिकामा एक सय ७० जना, मादीमा ६४, अन्नपूर्णमा ५९, माछापुच्छ्र«ेमा ४९ र रुपा गाउँपालिकामा ३९ जना जनप्रतिनिधि निर्वाचत हुनेछन् । जिल्लामा मतदाताको संख्या दुई लाख २४ हजार आठ सय ११ छ ।

कमेन्टहरु
Loading...