पोखरामा ग्याँस लिग भई आगलागि

पोखरा, २३ जेठ/ पोखरा लेखनाथ महानगरपालिका २ बरपाटनका एक घरमा ग्याँस लिगभई आगलागि भएको छ । बरपाटन स्थित बिष्णु पौडेलको २ तले घरको माथिल्लो तल्लाको कोठामा डेरा गरी बस्ने शान्ता परियारको कोठामा अचानक ग्याँस लिग भई आगोलागि भएको हो ।

आगोबाट शान्ता परियारको छोरा २ बर्षिय समिर परियार र पाहुना आएकी शान्ता परियारकि दिदीको छोरी वर्ष १७ की शर्मिला परियार घाईते भएका छन् । घटनास्थलमा प्रहरी टोलि खटि गई घाईतेहरुको पोखरामा मनिपाल अस्पतालमा उपचार भईरहेको छ ।

आगलागिबाट कोठामा रहेको टिभि,भाडावर्तन र लत्ताकपडा गरी अन्दाजी ४० हजार बराबरको क्षती भएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...