पत्रकार अधिकारी सम्मानित

पोखरा, २८ साउन/पत्रकार हेमराज अधिकारी पोखरामा सम्मानित भ​एका छन् । पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियसन (सिटी रेवान) ले अधिकारीलाई शनिबार​ पोखरामा सम्मान गरेको हो ।

सिटि रेवानको सातौं अधिवेशन एवं सोह्रौं साधारण सभामा फेवा टेलिभिजनका स्टेशन म्यानेजर समेत रहेका पत्रकार​ अधिकारीलाई जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष वैन वहादुर क्षेत्री र जिल्ला प्रह्री कार्यालय कास्कीका प्रहरी प्रमुख अशोक सेनले सम्मान गरेका थिए । अधिकारीलाई  पत्रकारिता मार्फत समाजमा  पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।भोजपुरको च्याङ्ग्रेमा जन्मिएका अधिकारीले पोखरालाई आफ्नो कर्मथलो बनाउदै आएका छन् ।

विगत १० बर्षदेखि पत्रकारीता पेशामा आवद्ध अधिकारी नेपाल टेलिभिजनले प्रत्येक वर्ष प्रदान गर्दै आएको हेम शुनिल राष्ट्रिय जोखिमपूर्ण पत्रकारीता पुरस्कार २०७२, पृथ्वी होटल व्यवसायी संघ पोखरा, जनएकता क्लब चाउथे, पोखरा दौतरी दहोरी साझ, सात ताल दहोरी साझ, माईन्ड फ्रेश राष्ट्रिय साप्ताहिक, रिमझीम दोहोरी साझ, स्याङ्गजा उद्योग बाणिज्य संघ, लगायत दर्जनौ संघ सस्थाबाट सम्मानित भईसकेका छन् छ ।

कमेन्टहरु
Loading...