अभियानका सदस्यलाई साबुन बनाउने तालिम

पोखरा, ९ माघ/पोखरा लेखनाथ महानगरपालीका वडा नम्बर १ सिम्पानी, लामपाटा स्थित अभियान महिला समुहले आफना सदस्यहरुलाई साबुन बनाउने तालिम दिएको छ ।

समुहले पोखरा लेखनाथ महानगरपालीकाको सहयोगमा आफना सदस्यहरुका लागि ३ दिने साबुन बनाउने तालिम सम्पन्न गरेको हो । तालीममा समुहमा आबद्ध ४० जना महिलाहरुको सहभागिता रहेको थियो ।

तालीमका सहभागिहरुलाई दिपकुमारी कुमालले प्रशिक्षण दिएकी थिईन । सानो लगानिबाट पनि सानुब उत्पादन गर्न सकिने बताउदै उनले शिप सिकेर मात्र नबस्न र आफनो दैनिक जिबनमा प्रयोग गर्न सहभागिहरुलाई आग्रह गरेकी थिईन ।

समुहकी अध्यक्ष राधादेवी पराजुलीले समुहमा आबद्ध सदस्यहरुलाई स्बरोजगार बनाउने उदेश्यले तालिम संचालन गरिएको बताईन । यस्ता तालिमले उनिहरुलाई थप कृयाशिल बनाउने र केही गर्नुपर्छ भन्ने सोचको बिकास गर्ने उनको भनाई थियो ।

तालीममा सिकेको शिप आफनो दैनिक जिबनमा प्रयोग गर्न आग्रह गदै पराजुलीले यस प्रकारका स्बरोजगार बन्न सहयोग गर्ने तालीमहरु समुहले निरन्तर संचालन गदै जाने बताईन ।

कमेन्टहरु
Loading...