आनन्द ज्योति माविको ४७ औं बार्षिकोत्सव

आनन्द ज्योति माविको ४७ औं बार्षिकोत्सव

पोखरा, १८ फाल्गुन /पोखरा महानगरपालिका ३१ बेगनासमा रहेको आनन्द ज्योति माध्यमिक बिद्यालयको ४७ औं बार्षिकोत्सब एवं अभिभावक दिवस तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार​ बिद्यालयले एक कार्यक्रमको आयोजना गरि बार्षिकोत्सब एवं अभिभावक दिवस तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधीसभा कास्की क्षेत्र नम्वर १ का सांसद एवं पुर्वमन्त्री खगराज अधिकारीले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर खस्कनुमा अभिभावक नै दोषी रहेको बताएका छन् । अभिभावकले आफ्ना बच्चाहरुलाई निजिमा लैजान प्रतिस्पर्धा गर्ने तर सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न प्रयास नगरेको कारण नै सामुदायिक बिद्यालयहरुको गुणस्तर कमजोर बन्दै ग​एको बताएका हुन् ।

कार्यक्रममा गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति एवं​ प्रदेशसभा कास्की क्षेत्र नम्वर १ “क” का सांसद दिपक कोइरालाले बिद्यार्थी भनेको भबिस्यको कर्णधार भएको भन्दै उनिहरुको योग्यता र क्षमतामा ध्यान दिएर शिक्षा प्रदान गर्नुपर्ने बताए ।सांसद कोइरालाले ब्यवाहारिक शिक्षामा जोड रहनु पर्ने भन्दै आत्मनिर्भर बनाउने खालको शिक्षा आवश्यक रहेको जिकिर पनि गरे । पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले सामुदायिक बिद्यालयको गुणस्तर राम्रो भ​एर मात्रै बिद्यार्थी सङ्ख्या बढ्न नसक्ने भ​एकोले मानसिक रुपमा नै परिवर्तन गर्न जरुरी रहेको बताए ।

“हिजो सामुदायिक बिद्यालयमा ड्रेस , टाई र जुत्ता नभएर  पो बिद्यार्थी सङ्ख्या कम भ​एको हो कि भनेर ड्रेस, टाई र जुत्ता सुरु गराईयो नेपाली माध्यम भ​एर पो हो कि भनेर अङ्ग्रेजी पनि सुरु गरियो गुणस्तर पनि राम्रो भ​एको छ तर पनि बिद्यार्थी  त बढेनन् नि , अहिले साथी बस चढेर स्कुल जादा संगैको अर्को बच्चा हिडेर जान नमान्ने भयो । अब सामुदायिक बिद्यालयको सङ्ख्या घटाएर भ​ए पनि सामुदायिक बिद्यालय स्तरिय बनाउने तर्फ महानगर लाग्छ फेरि यसो भन्दा पनि मेयरले सरकारी बिद्यालय सकाउन खोज्यो भन्छन् कि भन्ने चिन्ता छ ।” उनले पोखरा महानगरकाका सामुदायिक बिद्यालय देशमा कै उत्कृष्ट रहेको दाबी पनि गरे ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रुद्रनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका ३१ का वडा अध्यक्ष कमल बहादुर थापा, जिल्ला आयोजना कार्यन्वयन इकाईका कार्यलय प्रमुख लाल प्रसाद पोखरेल, पृथ्वीनारायण क्याम्पसका पुर्व निमित्त क्याम्पस प्रमुख बिश्वराज अधिकारी, नेपाली काङ्ग्रेस पोखरा महानगर कमिटीका सह-संयोजक राजेन्द्र मणि लामिछाने, अमरसिद्द माबि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शंकरनाथ पौडेल, भू.पू. बिद्यार्थी मञ्च आनन्द ज्योति मा. बि.का अध्यक्ष नबराज अधिकारी,गणेश बहादुर थापा, धुर्वराज अधिकारी, रेशम बहादुर थापा, सत्यराज कडेल लगायतले बोलेका थिए ।

कार्यक्रमको संचालन शिक्षक बसन्त पहारीले गरेका थिए भने विद्यालयका प्रध्यानाध्यापक शिबराज​ अधिकारीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा कक्षा १ देखि कक्षा १२ सम्मका शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको भने विभिन्न शिर्षकमा स्थापना भएको अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रवृति समेत प्रदान गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

सोहि अबसरमा बिद्यालयका दुई नबनिर्मित भवनको प्रतिनिधीसभा कास्की क्षेत्र नम्वर १ का सांसद एवं पुर्वमन्त्री खगराज अधिकारी र पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले उदघाटन गरेका छन् ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...