शान्ति उदय माध्यमिकको मतदान केन्द्रबाट विद्याले मतदान गरिन्

पोखरा, १४ मंसिर / प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छन् । भट्टराई पोखरा ३३ शान्ति उदय माध्यमिक विद्यालयबाट मतदान गरेकी हुन् ।

त्यसै गरी समाजवादी पार्टी नेपालका धर्मराज गुरूङले पोखरा १६ र साझा पार्टीकी रजनी केसीले पोखरा ४ नविनस्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेकी छन् । नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले सहित ११ जनाले भने आफैले आफैलाई मतदान गर्न नपाउने भएका छन् । पौडल कास्की क्षेत्र नम्बर ३ का मतदाता हुन् । अन्य उमेद्वार पनि अन्य जिल्ला र क्षेत्रका रहेका छन् ।

कास्की २ मा २०७४ सालमा भएको निर्वाचनबाट निर्वाचित नेकपा सांसद तथा पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि रिक्त पदका लागि उननिर्वाचन भइरहेको हो ।

त्यसै गरि प्रनिधिसभा उपनिर्वाचन अन्तरगत पोखरा ७ मासबारको श्रीकृष्ण माध्यमिक विद्यालय मतदानस्थलबाट ९७ बर्षिय बृद्धले मतदान दिएका छन् । श्रीकृष्ण विद्यालयको क मतदान केन्द्रबाट ९७ बर्षिय खुसिराम रेग्मीले मतदान दिएको मतदान अधिकृत गुरु वाग्लेले जानाकारी दिए । २०८० साल माघ २ गते जन्मिएका रेग्मीले सो केन्द्रबाट सबै भन्दा पहिले मतदान दिएको उनले जानकारी दिए ।

कमेन्टहरु
Loading...