वल्र्डलिङकको रक्तदानमा ४५ युनिट रगत संकलन

पोखरा, २२ मंसिर / इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेड लेखनाथ सम्पर्क कार्यालयको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित उक्त रक्तदान कार्यक्रममा पोखरा शाखा र मातहतका शाखाका कर्मचारीहरु गरी ४५ युनिट रगत संकलन भएको थियो ।

रक्त सञ्चार केन्द्र पोखरा रामघाटको प्राविधीक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा पोखरा ब्रान्च अन्तर्गत अमरसिंहचोक, राष्ट्रबैङक चोक, बगर र भण्डारढिक शाखामा कार्यरत कर्मचारी मध्ये ४५ जनाले रक्तदान गरेका हुन ।

सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नम्बर २९ का अध्यक्ष चेत बहादुर गुरुङले ईन्टरनेट सेवा संगै वल्र्डलिङले सामाजिक उत्तरदायित्व वहन गर्ने गरी रक्तदान कार्यक्रम गरी रगतको अभावमा छटपटिएका विरामीहरुलाई सहयोग पुग्ने वताउदै आगामी दिनमा पनि यस्तै सामाजिक कामलाई निरन्तरता दिन आग्रह गरे ।

वल्र्डलिङ्क लेखनाथ सम्पर्क कार्यालयका शाखा प्रमुख विक्रम पौडेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा पोखरा शाखा कार्यालयका ब्रान्च म्यानेजर युशफ श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...