राष्ट्रिय पर्यटक गाइड तालिम पोखरामा

पोखरा, १८ मंसिर / नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजनामा पोखरामा राष्ट्रिय पर्यटक गाइड तालिम ( National Tour Guide Training ) गरिने भएको छ ।

पर्यटन सेवालाई प्रभावकारी बनाउने उद्देश्यका साथ तालिम आयोजना गर्ने गरी आज नाट्टा गण्डकी प्रदेश संघ र नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटेल म्यानेजमेन्ट(नाथुम) बीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सहमतिपत्रमा नाट्टाका तर्फबाट गण्डकी प्रदेश अध्यक्ष सन्तोष पोखरेल र नाथुमका तर्फबाट प्रमुख दुर्गादत्त ढकालले हस्ताक्षर गरे । न्युनतम ४५ दिन सञ्चालन हुने तालिम आगामी डिसेम्बर २३ बाट सुरु गरिने नाट्टा गण्डकी प्रदेश अध्यक्ष पोखरेलले जानकारी दिए ।

पोखरामा पहिलो पटक यस किसिमको तालिम गर्न लागिएको जानकारी दिदै उनले तालिममा सहभागी छनौट गर्दा न्युनतम स्नातक तह उत्तिर्ण भै पर्यटन क्षेत्रमा निरन्तर कृयाशिल व्यक्तिलाई प्राथमिकतामा राखिने बताए ।

कमेन्टहरु
Loading...