राष्ट्रियता भूगोल र सीमा रेखा मात्रै होइन, नेपालीको स्वाभिमान पनि होः कोइराला

पोखरा, ८ मंसिर/ ‘वर्तमान राजनीतिक अवस्थामा राष्ट्रियताको भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राष्ट्रियताको मुद्धा सडकमा नारा जुलुश गरेर होइन कुटनीतिक तरिकाले समाधान गर्नुपर्छ भन्ने विचार व्यक्त गरे ।

उनले ‘यो आफैमा कठिन विषय हो, हिजो राष्ट्रियताको प्रतीक राजालाई मानियो अब केलाई मान्ने ? हिमाल, पहाड, मधेशमा राष्ट्रियता एउटै हुन आवश्यक छ ।’ कोइरालाले भने नेपाली काँग्रेस यसमा गम्भीर छ नागरिक समाज दलमा विभक्त भएर होइन ऐक्वद्धतामा प्रतिवद्ध हुनुपर्छ ।

सुरुदेखि नै नेपाली काँग्रेसलाई भारतीय दलालको दर्जा दिइएको छ । अखबारमा पढेर राष्ट्रियताको व्याख्या गर्न सक्दिैन । वि.पि.ले राजासँग राष्ट्रियताका लागि सहकार्य गर्छुभने राजा प्रजातन्त्रवादी हुनै सक्दैनन् त्यसैले प्रजातन्त्रका लागि संझौता गर्दिन भने । ओली रसुवा गढी पुगेर रेल आउँछ भने तर त्यसरी आँदैन् ।

भारतीय पक्षले सीमा मिचेको र काँग्रेस मुक दर्शक भएर बसेको सहभागीको प्रश्नमा कोइरालाले भने, २०१८ सालको जनगणनामा लिम्पियाधुराका नागरिक नेपाली नै थिए । यो भूमि नेपाल कै हो । लिपुलेक र कालापानी फरक फरक विषय हुन् । हरेक प्रधानमन्त्रीले कालापानीको मुद्धा उठाउँछन् तर कुटनीतिक पहल र प्रयास शून्य हुन्छ । यसका लागि नेपालका प्रधानमन्त्री मनमोहन अधिकारी र शेरबहादुर देउवाले मात्र यो भूमि हाम्रो हो भनेर भारतलाई पत्र पठाएका छन् । भारतीय सेनाले क्याम्प राखेर बस्दैमा हाम्रो भूमि उसको हुँदैन् ।

संविधानमा जे छ त्यसलाई बेटर बनाउन लाग्नु पर्ने हो तर भएन । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको सपना देख्यौं तर गृहकार्य र अभ्यास भएन् । विश्व बैंकसँग ऋण लिएर मात्रै प्रदेश चल्दैन । प्रदेश चलाउने अभ्यासमा पनि चुक्दैछौं प्रदेशको नामाकरण गर्न सरकार असफल भएको आरोप उनले लगाए ।

राष्ट्रियता केवल भूगोल र सिमारेखा मात्रै होइन यसको महत्व छ, नेपालीको स्वाभिमान पनि हो । राष्ट्रियताका लागि आन्तरिक कुरा पनि छन् पटकपटक हाम्रो तेजोबध गर्ने काम भएको छ । धर्म निरपेक्षता इच्छा विपरितको काम हो, गाई हत्या भइरहेको छ, प्रलोभनमा धर्म परिवर्तन र प्रचार भइराखेको छ । आरक्षणमा विभेद छ, खस आर्यले पनि आरक्षण पाउनुपर्छ भन्नेमा कोइरालको तर्फ बलियो थियो ।

चीनको विआरआइ र अमेरिकाको इण्डो प्यासिफिक रणनीतिमा नेपालको धारण स्पष्ट हुनुपर्छ यसले नै भोलि राष्ट्रियता गम्भीर खतरामा पार्छ । रेल लिने कि नलिने हाम्रो छनौट हुनुपर्छ ट्रान्समिलन लाइनका लागि पैसा खन्याइएको छ । यतिबेला पोखरामा चाइनिज गुप्तचरको विगविगी छ सरकारको ध्यान गएकै छैन् । पोखरेलीहरु पनि सजग हुनुपर्छ ।

पोखरा सम्वाद कार्यक्रमको सहजीकरण सिरोज कोइरालाले गरेका थिए । उक्त सम्वादमा भानु पराजुली, गणेश थापा, सुरेश रानाभाट, गणेश चालिसे, रविन्द्र बराल, पुष्पराज कोइराला, शेखर पराजुली, सिरोज कोइराला र विवेक पराजुललीले राष्ट्रियताका विषयमा चोटिला र धारिला प्रश्न गरेका थिए भने डा. शेखर कोइरालाले शालिनतापूर्वक जवाफ दिएर समाधानको विकल्प दिएका थिए ।

कमेन्टहरु
Loading...