महिला पर्यटन व्यवसायी मञ्चको मानव आश्रमलाई सहयोग

पोखरा, २२ मंसिर / महिला पर्यटन व्यवसायी मन्च (ओटेफ) पोखराले छोरेपाटन स्थित मानव आश्रमलाई आर्थिक सहयोग गरेको छ । पर्यटन व्यवसायी महिलाको दक्षता तथा क्षमता अभिवृद्धिका साथै विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएको मञ्चले आइतबार सामाजिक उत्तरदायित्व अन्तर्गत मानव आश्रमलाई नगद रु १५ हजार सहयोग गरेको हो ।

मञ्चका अध्यक्ष जमुना पराजुलीको नेतृत्वमा पुगेको टोलीले कार्यसमिति सहितको टोलीले आश्रमका व्यवस्थापक राजन सापकोटालाई नगद प्रदान गरेको हो ।

पोखराको लेकसाइडमा विभिन्न व्यवसायमा आवद्ध महिलाहरुको संस्था ओटेफले सदस्यबाट स्वतस्फुतः संकलित रकम विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्ने गरेको अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । उहाँले यस अघि पोखराको बाराही मन्दिरमा हुने महाआरतीको लागि ्नगद रु १० हजार प्रदान गरेको जानकारी दिनुभयो ।

मञ्चले सदस्यलाई व्यवसायिक क्षमता अभिवृद्धि सँगै ग्रामिण पर्यटन प्रवद्र्धनका लागि कार्यक्रमहरु समेत गर्दै आएको मञ्चका सचिव उमा भण्डारीले बताउनु भयो । मञ्चमा पर्यटन क्षेत्रका दुई सय महिला सदस्यको रुपमा आवद्ध रहेको उहाँको भनाइ छ ।

कमेन्टहरु
Loading...