भरतपोखरीमा ‘अक्षयधाम अभिभावक आश्रम’

पोखरा, २२ मंसिर / पोखरा महानगरपालिका ३३ भरतपोखरीमा महिलाहरुको नेतृत्वमा ‘अक्षयधाम अभिभावक आश्रम’ निर्माण हुने भएको छ । अक्षयकोष महिला जागरण समाजले अभिभावक आश्रम निर्माण गर्न लागेको हो ।

भरतपोखरीको आमाचौरमा आश्रम निर्माण गर्न लागेको समाजले जनाएको छ । आश्रम निर्माणकोलागि पोखरा महानगरपालिकाले ६५ रोपनी जग्गा ब्यबस्थापन गरिदिएको छ । ४२ करोड लागत अनुमान गरिएको आश्रम २ देखि ३ वर्ष भित्रमा सक्ने गरि काम सुरु गर्न लागेको अक्षयकोष महिला जागरण समाजकी अध्यक्ष सरितादेवी श्रेष्ठले जानकारी दिइन ।

जेष्ठ नागरिकहरुको लागि आश्रम अहिलेको आवश्यकता रहेकोले आफुहरूले सहयोग संकलन गरेर निर्माण गर्न लागेको अध्यक्ष श्रेष्ठले बताइन । ‘आश्रम भन्ने बित्तिकै छोराबुहारीले हेला गरेर जाने भन्ने मान्यता गलत छ’ ,उनले भनिन ‘यो समयको आवश्यकता बनेको छ । छोराछोरी अहिलेको परिस्थिति अनुसार बिदेश जानू पर्दछ , उनिहरुकालागि अभिभाबक बाधक समेत बन्ने गरेका छन,यस अबस्थालाई मध्यनजर गर्दै हामीले आश्रम निर्माण गर्न लागेका हौं ।’

उनले थपिन । आश्रममा आर्थिक अबस्था कमजोर भएर दैनिकी चलाउन नसक्ने देखी परिवारको साथ सहयोग हुदा समेत एक्लोपनको महसूस गरेका जेष्ठ नागरिकलाई समेटने अध्यक्ष श्रेष्ठले बताइन । ‘आर्थिक अबस्था कमजोर हुनेदेखि सबल नागरिककको सारथी यो आश्रम बन्ने छ ,उनले भनिन यो अभियानमा सबैको साथ र सहयोग आवश्यक छ ।’

आश्रम निर्माण सम्पन्न भएपछि १ सय ८ जना सम्म जेष्ठ नागरिकलाई सुबिधासम्पन्न कोठाहरुमा राख्न सकिने सचिव सर्मिला थापा बिस्टले बताइन । आश्रममा भजन ,योगा ,नियमित स्वास्थ्य परिक्षण लगाएत जेष्ठ नागरिककोलागि आवश्यक सम्पूर्ण ब्यबस्था हुने सचिव बिस्टले जानकारी दिइन । आश्रम निर्माण गर्ने श्रोत दाताको सहयोगनै भएको कोषाध्यक्ष लक्ष्मी श्रेष्ठको भनाई छ ।

जिसीले गरे आश्रमको शिलान्यास

अक्षयधाम अभिभावक आश्रमको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शनिवार शिलान्यास गरेका छन । धार्मिक बिधि र भब्य समारोहका विच प्रमुख जिसीले आश्रमको शिलान्यास गरेका हुन । उक्त समारोहमा बोल्दै प्रमुख जिसीले जेष्ठ नागरिकको सम्मान र हकÞहितकोलागि आफुहरुले उचित कानून निर्माण गर्न लागेको बताए ।

स्थानीय सरकारले निर्माण गर्ने ३ सय २५ कानून अन्तरगर्त जेष्ठ नागरिक समन्धि हकहित र सामजिक सुरक्षालाई गम्भीर रूपले लिएको बताउदै सोही अनुरूप निति निर्माण गर्ने उनले बताए । महानगरले आश्रम निर्माणकोलागि साझेदारीको भूमिकामा रहेरकाम गर्ने उनको भनाई थियो ।

कमेन्टहरु
Loading...