फेवाताल डुङ्गा सयरका लागि सिद्धार्थ बैंकको लाईफ ज्याकेट सहयोग

पोखरा, २३ मंसिर / सिद्धार्थ बैंक लेकसाईड शाखाले पोखरामा रहेको फेवाताल स्थित बाराही घाटलाई १४० थान लाईफ ज्याकेट हस्ताङ्गतरण गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखराको सुन्दर नगरी स्थित फेवातालमा रहेको ताल बाराही घाटलाई १४० थान लाईफ ज्याकेट सहयोग गरेको हो ।

फेवाताल स्थित फेवा डुङ्गा ब्यबसायी संगठनका अध्यक्ष बुद्धी बहादुर नेपालीलाई जनप्रतिनिधी वडा नम्बर ६ का वडा अध्यक्ष जगत पहारी तथा बैंकका गण्डकी प्रदेश कार्यालय प्रमुख अमित श्रेष्ठ र लेक साईड शाखा प्रबन्धक बिनय पहारीले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष जगत पहारीले यस लाईफ ज्याकोटको सही सदुपयोग गरी जतन गर्न अनुरोध गरे । उनले सिद्धार्थ बैंकले गरेको सो कामको प्रशंसा गरे । सो कार्यक्रमको संचालन पस्याङ्ग शाखा प्रबन्धक अनिरुद्र बरालले गरेका थिए ।

आगामी दिनमा पनि यस फेवाताल संरक्षण समिती तगा ढुङ्गा ब्यबसायी सँग सहकार्य गरी ढुङ्गा दुर्घटना न्युनीकरणमा सहयोग गर्ने प्रतिवद्धता बैंकका शाखा प्रबन्धक बिनय पहारीले बताए ।
देशभर १७५ शाखा रहेको बैंकले आधुनिक सेवाद्धारा ग्राहकलाई सेवा दिदै आएको गण्डकी प्रदेश प्रमुख अमित श्रेष्ठले बताए ।

कमेन्टहरु
Loading...