पोखरा शनिबार प्याराग्लाइडिङ दुर्घटना

पोखरा, २१ मंसिर / पोखरा महानगरपालिका १८ सराङकोटबाट उडान भरेको टेन्डम प्याराग्लाइडिङ दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

शनिबार बिहान सराङकोटबाट उडेको माउन्टेन ओभर भ्यू कम्पनीको प्याराग्लाइडिङ अवतरण गर्ने क्रममा खपौदीमा अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

दुर्घटनामा पाइलट पोखरा–२२ घर भएका सुरज गुरुङ र यात्रु भारतीय नागरिक कुनाल राजेन्द्र शाह घाइते भएका हुन् ।

उनीहरुको उद्धार गरी उपचारका लागि पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचार भएको प्रहरीले जानकारी दिए ।

कमेन्टहरु
Loading...