पोखरा वडा नम्बर ३३ का अध्यक्षको गाडीमा बम विस्फोट

पोखरा, ९ मंसिर / पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष शिव आचार्यको घरमा पार्किङ गरेर राखीको गाडीमा बम विस्फोट भएको छ ।

आइतबार राती करिब २ बजेर ४५ मिनेटमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

अध्यक्ष आचार्यको पोखरा १७ विरौटामा रहेको घरमा पार्किङमा रहेको ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा बम विस्फोट भएको हो ।

बम कस्ले पड्काएको हो भन्ने खुल्न सकेको छैन । विस्फोटबाट गाडीमा क्षति भएको छ भने अन्य क्षतिको विवरण खुल्न सकेको छैन । घटनाको बारेमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...